प्रधानमन्त्री ओलीलाई बुटवलमा कालो झण्डा

बुटवल, बैशाख ७ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा एक युवाले कालो झण्डा देखाएका छन्। बुटवलको जितगढी विजयोत्सवमा मन्तव्य दिइरहेका बेला एक युवाले नारा लगाउँदै ओलीलाई कालो झण्डा देखाएका हुन्।‘जितगढी जिन्दावाद, उजिरसिंह अमर रहुन्’ भन्दै अर्घाखाँची घर भएका रुद्रप्रसाद घिमिरेले कालो झण्डा देखाएका हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्री ऐतिहासिक जीतगढी किल्लाको विषयमा बोलिरहेका थिए।
कालो झण्डा देखाउदै गर्दा प्रधानमन्त्री ओलीले ‘झण्डा देखाइरहेको छ, के हेरिरहनुभएको तपाईहरुले? भन्दै सुरक्षाकर्मीलाई सचेत बनाएका थिए। उनले कसैबाट परिचालित भएर झण्डा देखाउँदैमा केही नहुने भन्दै धैर्य रहन उपस्थितलाई आग्रह गरे। झण्डा देखाउने घिमिरे कुनै दलसँग आवद्ध भएको भने खुलेको छैन। उनी बुटवलमै डेरी व्यवसाय चलाउने रहेको बताइएको छ।रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी उदय रानाले मानसिक असन्तुलनका कारण त्यस्तो घटना घटाएको दावी गरे।
तपाइँको प्रतिक्रिया