लामाको नेतृत्वमा सेवा फाउण्डेशन गठन

बैशाख ७, चितवन । ज्ञानु लामाको नेतृत्वमा भरतपुरमा सेवा फाउण्डेशन नेपाल नामक ग्रैहसरकारी संस्थाको गठन गरिएको छ । समाजको वेथिति र विकृति विरुद्ध काम गर्ने उद्धेश्यले यस संस्थाको गठन गरिएको हो ।
शुक्रबार भरतपुरमा आयोजित एक कार्यक्रमका बीच संस्थाले लामाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा किरण सुनार, उपाध्यक्षमा विन्दु राई सचिवमा शुसन क्षेत्री, कोषाध्यक्षमा सुजन लामा रहेका छन ।
यस्तै समितिको अन्य पदाधिकारीहरुमा सहसचिव अमर श्रेष्ठ, सन्तोष कुमाल,मनिष गौतम र सहकोषध्यक्षमा कृतिका कंडेल चयन भएका छन । यसैगरी समितिका सदस्यहरुमा विनोद श्रेष्ठ, अन्जन ढकाल,सुजाता डल्लाकोटी,सरोज घिमिरे, आयुष न्यौपाने रहेका छन । यस्तै अन्य सदस्यहरुमा हिराबहादुर क्षेत्री, विजय गुरुङ्ग,अमित सापकोटा, रहेका छन । यस्तै सल्लाहकारहरुमा मधु क्षेत्री, जीवलाल पुरी,निर्जरा र कानुनी सल्लाहकारमा अधिवक्ता राम बहादुर कार्की रहेका छन ।
तपाइँको प्रतिक्रिया