आउदो सिजन अग्रपङ्ति बलियो बनाउन रिचार्लीसन भित्र्याउने तयारीमा बार्सिलोना

बैशाख ७ – इंग्लिस क्लब एभर्टनबाट उच्च प्रदर्शन गरिरहेका फरवार्ड रिचार्लीसनलाई बार्सिलोनाले अनुबन्ध गर्ने तयारी शुरु गरेको छ ।स्पेनिस पत्रिका मार्काका अनुसार बार्सिलोना एभर्टनका ब्राजिलियन फर्वाडलाई अनुबन्ध गर्ने तयारीमा लागेको हो ।
बार्सिलोनाको फर्वाडमा अहिले कुनै समस्या नभए पनि आउदो सिजनहरुको लागि रिचार्लीसनलाई भित्र्याउने तयारी शुरु भएको हो । बार्सिलोना अर्काे सिजनको लागि लुइस स्वारेजको सहयात्री खोजिमा रहेको छ । यसलाई लागि रिचार्लीसन उपयुक्त भएको निर्णयमा बार्सिलोनाको पुगेको छ ।
यसक्रममा बार्सिलोनाले यो सिजन एभर्टनमा उच्च प्रदर्शन गरिरहेका चिरचार्लीसनलाई अनुबन्ध गर्ने प्रयास थालेको हो ।रिचार्लीसनले यो सिजन ३२ खेलमा १२ गोल गर्नुका साथै २ एसिस्ट गरेका छन् ।
बार्सिलोनाले अग्रपङ्ति सम्हालनका लागि भनेर गत जनवरीमा केभिन प्रिन्स बोएटिङलाई लोनमा अनुबन्ध गरेपनि उनले सोचेअनुरुपको प्रदर्शन गर्न सकिरहेको छैन । उनले जम्मा ३ खेलमा मात्रै मौका पाएका छन् ।(एजेन्सी)
तपाइँको प्रतिक्रिया