विराटको कप्तानी प्रदर्शनमा बेंगलोर बिजयी

बैशाख ७ – विराट कोहली कप्तानी प्रदर्शनमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हात पारेको छ । बेंगलोरले गए राती सम्पन्न खेलमा कोलकता नाइट राइडर्सलाई १० रनले पराजित गर्यो । बेंगलोरको जितमा कप्तान विराट नायक बने ।
बेंगलोरले दिएको २१४ रनको बिशाल लक्ष्य पछ्याएको कोलकता निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै २०३ रनमा समेटियो । एक समय खराब शुरुवात गर्दै भारी अन्तरको हार तर्फ गएको कोलकतालाई आन्द्रे रसेल र नितिश रानाले सम्हालेका थिए । रसेल र नितिशले कोलकतालाई जित नजिक पुराए पनि जिताउन भने सकेनन् ।
नितिशले ४६ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै ८५ रन बनाए । यस्तै रसेलले केबल २५ बलमा २ चौका र ९ छक्का प्रहार गर्दै ६५ रन बनाए । त्यस अघी सुनिल नारायण १८ रन बनाएर आउट भएका थिए । बेंगलोरका डेल स्टेनले २,मार्कस स्टोइनिस र नन्दीप सैनीले समान १ विकेट लिए ।


त्यस अघी टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै २१३ रन बनाएको थियो । उसका लागि कप्तान विराट कोहलीले कप्तानी प्रदर्शन गरे । ५८ बल खेलेका विराटले ९ चौक र ४ छक्का प्रहार गर्दै १०० रनको सतकिय पारी खेले । उनको उत्कृष्ट खेलको मद्दतमा नै बेंगलोरले बिशाल लक्ष्य बनाउन सफल भयो ।
मोइन अलीले आक्रमक ब्याटिङ गर्दै ६६ रन बनाए । उनले केबल २८ बलमा ५ चौका र ६ छक्का प्रहार गरे । मर्कस स्टोनिस १७ रनमा नट आउट रहदा अक्षदीप नाथ १३ रन बनाएर पेभिलियन फर्किए । कोलकताका लागि सुनिल नारायण,आन्द्रे रसेल, हेरी गुर्नी, कुलदीप यादवले समान एक विकेट लिए ।(एजेन्सी)
तपाइँको प्रतिक्रिया