चलचित्र‘जात्रै जात्रा’को ‘जीवन जात्रा हो’ गीत सार्वजनिक (भिडियो)

बैशाख ७ – चलचित्र‘जात्रै जात्रा’को गीत सार्वजनिक भएको छ । शुक्रबार चलचित्रको ‘जीवन जात्रा हो’बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँलाई फिचरिंग गरिएको छ ।
सार्वजनिक गीतमा काली प्रसाद बास्कोटाको स्वर र संगीत रहेको छ भने शब्द अर्जुन भट्टराईको रहेको छ । कोरियोग्राफी प्रविन सिंहको रहेको छ ।चलचित्रको यस अघि सार्वजनिक गीत ‘माया पिरिम’लाई निकै रुचाएको छ ।
जेठ ३ गते बाट प्रदर्शनमा आउन लागेको ‘जात्रै जात्रा’लाई दीप भट्टराईले निर्देशन गरेका हुन् ।सुपरहिट फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ मा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठी लगायतको अभिनय रहको छ ।
सिंगे लामा र योगेश्वर पौडेलले निर्माण गरेको यस चलचित्रमा रविन्द्रसिंह बानिया कार्यकारी निर्माता रहेको छ ।चलचित्रको छायाँकनमा शिवराम श्रेष्ठ, सम्पादनमा मित्र डी गुरुङ रहको छ
तपाइँको प्रतिक्रिया