नीजिक्षेत्रसंँगको सहकार्यबाट मात्रै सम्बृद्धि सम्भव

बैशाख ६, चितवन। देशमा उद्योगमैत्री वातावरण बनाउन र विदेशी लगानी भित्रयाउन उद्योगी व्यवसायीले नीजि क्षेत्रको सहकार्यबाटमात्रै सम्बृद्धि सम्भव हुने बताएका छन । ४० बर्ष अगाडीको औद्योगिक ऐन कानुन शंशोधन गर्नुपर्ने भन्दै उनीहरुले ऐन कानुन परिमार्जन नहुंँदा लगानीमा बृद्धि गर्न नसकिएको बताए । सरकारले औद्योगिक नीति ऐन कानुन बनाउंँदा नीजि क्षेत्रसंँग सहकार्य र समन्वय गर्नुपर्ने उनीहरुले जोड दिए ।
तीन नम्बर प्रदेश सरकार र प्रदेश नीति तथा योजना आयोगले शुक्रबार भरतपुरमा आयोजना गरेको निजी क्षेत्रसँग अन्तक्र्रिया कार्यक्रमलाई सहभागी वक्ताहरुले देशलाई समृद्धितिर लैजान नीजि क्षेत्रको भूमिका प्रमुख हुने बताए ।
कार्यक्रममा बोल्दै उद्योगपति विनोद चौधरीले गत महिना सम्पन्न भएको लगानी सम्मेलनले सकारात्मक प्रतिस्पर्धाको प्रारम्भ भएको बताउंँदै स्वदेशी उत्पादनको लागत मुल्य बढेका कारण विदेशी उत्पादनसंँग प्रतिस्पर्धा गर्न नसकेको बताए । पांँच गुणासम्मको उत्पादनमा बृ िगर्नसकेमात्रै आयात कम हुने बताउंँदै उनले सम्मेलनले प्रदेश नम्बर ३ लाई सुपर प्रदेशको रुपमा परिचित बन्न सफल भएको बताए ।
, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले ७० लाख नेपाली मुलुक बाहिर रहेको भन्दै उनीहरुलाई आर्कषण गर्नसके देशले आर्थिक समृद्धिमा गतिलिने बताए । ‘विदेशमा शुन्य दशमलव २ प्रतिशत व्याजदरमा रकम थन्किएको छ, यहांँ ११ प्रतिशत व्याजदरमा पनि लगानी पाउन गाह्रो छ।’उनले भने । ती पूजीलाई स्वदेशमा परिचालन गर्न सरकारले उनीहरुलाई आर्कषण गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय गैरआवासीय नेपाली जलविद्युत लगानी गर्न उत्साहित भएको भन्दै भट्टले प्रविधि हस्तान्तरण गर्न र सरकारको नीतिलाई सहयोग गर्न एनआरएन सदैव तत्पर भएको बताए। ।
सो अवसरमा बोल्दै चेम्बर अफकर्मसका अध्यक्ष राजेशकाजी श्रेष्ठले लगानीमैत्री वातावरण ल्याउन ऐनकानुन संशोधन गर्नुपर्ने भन्दै नीजि क्षेत्र सरकारको सधै साथमा रहने बताए । नेपाल परिसंघका अध्यक्ष शतीस कुमार श्रेष्ठले यस सम्मेलनले लगानी बढाउन सहयोग पुग्ने अपेक्षा रहेको भन्दै त्योभन्दा अघि ऐनकानुन शंशोधन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आर्थिक समृद्धिको लागि सरकार एक्लैले केही गर्न नसक्ने भन्दै नीजि क्षेत्रसंँग सहकार्य गरे मात्रै सम्भव हुने बताए । अहिले देशमा गुणात्मक परिवर्तन भएको भन्दै अध्यक्ष प्रचण्डले सोच र प्रणालीमा परिवर्तन गर्नुपर्ने बताए ।
उनले भने ,‘देश निर्माणमा सत्तापक्ष, प्रतिपक्ष एउटै टेबुलमा बसेर संकल्प गर्नुपर्छ’। सबैको सहमति र सकारात्मक सोचले मात्रै देश समृद्ध हुने उनले बताए । उनले भने “सहमतिका साथ संविधान बनायौँ, सहमतिका साथ निर्वाचन गरायौँ अब सहमतिका साथ विकास निर्माणतर्फको यात्रा शुरु गर्ने सङ्कल्प गरेका छौँ ।” सत्तापक्ष र प्रतिपक्ष लगायत सबै दलको आवाजको सार अब समृद्धि नै हो भन्ने रहेको बताउँदै अध्यक्ष प्रचण्डले अब यसलाई कार्यान्वयन गर्नका निम्ति विशेष जोड दिनुपर्ने बताए ।
सार्वजनिक र निजी क्षेत्र इमान्दारिता साथ मिलेर विकास निर्माणमा लाग्नुपर्ने बताउँदै उनले भने “कुनै पूर्वाग्रह लिएर होइन, निजी क्षेत्रसँग सहकार्य गर्नका लागि जब इमान्दार प्रयास हुँदैन तबसम्म देशले विकासमा गति लिनै सक्दैन ।” विगतको अनुभवले पनि त्यो कुरा पुष्टि गरिसकेको उनको भनाई थियो ।
विगतमा सरकारी क्षेत्रले निजी क्षेत्रलाई नकारात्मक ढंगले हेर्ने परिपाटीले देश विकास हुन नसकेको बताउँदै उनले भने “राज्यले निजी क्षेत्रलाई विश्वासमा लिने पहल गर्नुपर्छ ।” निजी क्षेत्रलाई लगानीको लागि प्रोत्साहित गर्न सकिएन भने स्वदेशी र विदेशी लगानी आउँछ भन्ने सपना देख्नु दिवा सपना मात्रै भएको प्रचण्डको भनाई थियो ।


कार्यक्रममा पूर्व अर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा. रामशरण महतले योजना र नीति निर्माणको समस्या नभएर कार्यान्वयनको समस्या रहेको बताउनुभयो । केन्द्रीय सरकारका स्वीकृत दशहजार भन्दा बढी योजना अलपत्र भएको बताउंँदै उनले यी योजना सम्पन्न गर्न सरकारले पहिलो प्राथमिकता राख्नुपर्नेमा जोड दिनु भयो । ‘देशको बृद्धि आर्थिकदर लक्ष्यमा पुग्न प्रशासनिक खर्च,अन्य अनाबश्यक खर्च मा मितव्यतितता अपनाउनुपर्छ’ उनले भने । देशको ८५ प्रतिशत बजेट प्रशासनिक र सेवासुविधामा खर्च हुने भन्दै बांँकी बजेट विकास गर्न असम्भव रहेको बताए ।
संघीयतासँगै तीन तहका सरकारले आफ्नो निर्णय क्षमता र गुणस्तर बढाउनु पर्ने भन्दै उहाँले लगानीको वातावरण सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्नेमा बताए । समयमै योजना पुरा नहुंँदा लागत रकम दोब्बर भएको भन्दै उनले चालु गरिएको योजना छिटो सक्नुपर्नेमा जोड दिए । लगानीको वातावरण सिर्जनागर्न पूर्वाधारमा जोडदिनुपर्ने भन्दै उहांँले ४० बर्ष अगाडीका ऐन कानुन शंशोधन गर्नुपर्ने बताए ।
सरकारको सोच वितरणमुखी भएको भन्दै उहाँले उत्पादनमुखी हुनुपर्ने, निर्यातमुखी अर्थतन्त्रमा जोड दिनुपर्ने बताए ।
सो अवसरमा प्रदेश नम्बर ३का योजना आयोगका उपाध्यक्षले डाक्टर खिमलाल देवकोटाले प्रदेश नम्बर ३ का विकासका अवसर सम्भावना बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणी पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रदेश नं. ३ का नीति उद्घाटन सत्रपछि शुक्रबार र शनिबार निजी क्षेत्रका उद्योगी व्यवसायीसँग बृहत अन्तक्र्रिया कार्यक्रम हुदै छ ।
तपाइँको प्रतिक्रिया