केजी बियरिङ अब चितवनमा

भरतपुर, वैशाख ६ – दुबईमा निर्मित केजी ब्राण्डका बियरिङ अब चितवनमा पनि उपलब्ध हुने भएको छ । भरतपुर ४ स्थित चितवन बियरिङ हाउस एण्ड सप्लायर्सले त्यसको आधिकारिक बिक्री वितरण गर्ने भएको हो । नेपालका लागि भने रिलायबल बियरिङ नेपाल प्रा.लि. सो ब्राण्डको आधिकारिक विक्रेता रहेको छ । इन्टरनेशनलका भाइस प्रेसिडेन्ट योगेश खन्ना तथा सिनियर सेल्स मेनेजर मजार हुसैनको उपस्थितिमा आज भरतपुरमा एक कार्यक्रमबीच विभिन्न मोडेलका बियरिङ सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा चितवन बियरिङ हाउस एण्ड सप्लायर्सका प्रोप्राइटर राजु पोख्रेलले केजी ब्राण्डका सामान सस्तो भइकन पनि गुणस्तरीय हुने दाबी गरे । विभिन्न उद्योग तथा कलकारखानाका लागि आवश्यक पर्ने बियरिङ खोज्न भौतारिनुपर्ने अवस्थाको अब अन्त्य भएको उनको भनाइ छ । सप्लायर्सले कोयो र फ्याग कम्पनीका बियरिङको पनि बिक्री गर्दै आएको छ ।
तपाइँको प्रतिक्रिया