माडी गोल्ड कप : सशस्त्र प्रहरी र रामपुर बिजयी

माडी, बैशाख ६ – बसन्तपुरमा जारी माडी गोल्डकप फुटबल प्रतियाोगिता अन्तर्गत शुक्रबार सम्पन्न दुई खेलहरुबाट सशस्त्र प्रहरी र रामपुर फुटबल क्लब बिजयी भएका छन् । शुक्रबार सम्पन्न पहिलो खेलमा नारायणगढ फुटबल क्लब (एनएफसी) लाई सशस्त्र प्रहरी ३ नं. बाहिनीले १-० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच सशस्त्रका अमित धिमाल घोषित भए ।
त्यसैगरी दोश्रो खेलमा रामपुर फुटबल क्लब आरएफसीले भैरव फुटबल क्लबलाई टाइब्रेकरमा ५-४ ले पराजित गर्यो । निर्धारित समयमा दुबै टोलीबाट १-१ को गोल भए पछी खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो । टाइब्रेकरमा रामपुर ५-४ गोल अन्तरले विजयी भयो । खेलको म्यान अफ द म्याच रामपुरका विशाल सुनार घोषित भए ।
प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल हुनेछ । शनिबार हुने पहिलो खेलमा दिउँसो १ बजे स्टार स्पोर्टस् क्लब बरुवा र अभिषेक चर्च रजहर तथा दोस्रो खेलमा दिउँसो ३ बजे जुनियर पुलिस अफिसर कलेज र नयाँ बस्ती फुटबल क्लब भिड्ने आयोजकले जनाएको छ ।
तपाइँको प्रतिक्रिया