महाकाली–मेची पदयात्रा टोलीलाई भरतपुर महानगरको सम्मान

चितवन, बैशाख ६ – ‘जातीय विभेद र छुवाछुतको व्यावहारिक रुपमै अन्त्य गरौं’ भन्ने मूल नाराका साथ ‘महाकाली–मेची पदयात्रा’ को क्रममा चितवन आइपुगेको टिमलाई आज सम्मान गरिएको छ । पद यात्राको क्रममा बुधवार चितवन आईपुगेको अभियन्ताहरु रीता परियार, होमराज आचार्य र अशोक दर्नलालाई शुक्रबार भरतपुर महानगरपालिकाले एक कार्यक्रमका बिच सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी संघिय सांसद कानुन न्याय तथा मानव अधिकार समितीका सदस्य कृष्ण भक्त पोख्रेलले उज्यालो क्षितिज ल्याउने अभियानमा लागेका अभियन्ताहरुलाई सफलताको शुभकामना दिए । उनले जुन सुकै क्षेत्रमा हुने बिभेद दण्डनिय हुने बताए । आजको युगमा पनि हाम्रो समाजमा जातियताको आधारमा बिभेद हुने गरेको भन्दै पोख्रेलले यसको अन्त्यका लागि समग्र राष्ट्रले नै यो अभियानलाई समर्थन गर्न जरुरी रहेको बताए । संबिधानमा नै जातिय बिभेद अन्त्यको प्रस्तावना गरिएको बताउदै उनले यसलाई सबैले व्यवहारमा लागु गर्न जरुरी रहेको उनको भनाई रहेको छ ।
पोख्रेलले अझै पनि समाजमा बिभेद कायमै रहदा अबको पुस्ता पनि यसको शिकार हुने हो कि भन्ने डर रहेको बताए । ‘धेरै कुरा परिवर्तन हुँदा पनि अझै अझै बिभेद कायम छ उनले भने, कहिले काही त अबको पुस्ता पनि बिभेद र छुवाछुतको शिकार हुने हो कि भन्ने डर लाग्छ ।’


उनले कुनै पनि राजनितिक दल बिभेदको पक्षमा नरहेको उनको भनाई रहेको छ । अझै पनि जातिय बिभेद र छुवाछुत बिरुद्दको अभियान चलाऊन पर्दा दु:ख लाग्ने गरेको भन्दै उनले अब यसलाई अन्तिम लडाईको रुपमा लिन सबैलाई आग्रह गरे । यस्तै उनले पञ्चायती व्यवस्था त फाल्ने जनताको लागि यो ठुलो कुरा नभएको भन्दै सबैलाई यस अभियानमा लाग्न आग्रह गरे ।
प्रदेश नम्बर ३ का सांसद मिलनबाबु श्रेष्ठले नेपाली कङ्रेस सधैं जातिय भेदभाव अन्त्यको पक्षमा रहेको बताए । यस्तै उनले यो अभियानलाई सहयोग गर्न नेपाली कङ्रेस सधैं तयार रहेको पनि प्रतिबद्दता गरेका छन् । भरतपुर महानगरपालिकाक प्रसासकिय अधिकृत नेत्र प्रसाद सुवेदीले यो मुद्दामा सबै एक भएर लाग्नु पर्ने बताए । उनले तीन जनाले शुरु गरेको यो अभियानलाई सबैलाई साथ दिन आग्रह गरे ।
पद यात्री अशोक दर्नालले संघिय लोकतान्त्रिक सरकारले छुवाछुत र जातिय भेदभाव अन्त्य भएको घोषणा गरिसक्दा पनि व्यवहारिकतामा अझै देखा नपरेको बताए । उनले अघिल्लो बर्ष नै धारा छोएको निउमा जनप्रतिनिधीले नै एक दलित महिलाको हत्या गरेको स्मरण गर्दै यो समस्या न्युनिकरण हुनुको सट्टा झन झनै बढ्दै गईरहेको बताए । यो केबल कुनै समुदाय बिशेषको मात्र मुद्दा नभई समग्र राष्ट्र कै मुद्दा भएको भन्दै दर्नाल सबैलाई यस अभियानमा साथ दिन आग्रह गरे ।
दर्नालले सम्म ४५ दिनमा सक्ने गरी पदयात्रा शुरु गरिएको भएता पनि निर्धारित समय भन्दा थप केही दिन बढी लाग्न सक्ने बताए । उनले अबको २४-२५ दिनमा नेपाल पदयात्रा गरेर सकिने बताए ।
सोही टोलीका अर्का सदस्य पदयात्री होमनाथ आचार्यले यो कुनै आएनजिओ तथा राजनैतीक पार्टीबाट सन्चालित समुह नभएको बताए । उनले यो राष्ट्रिय मुद्दा भएको बताउदै यसमा सबैलाई हातेमालो गर्न आग्रह गरे । अहिले यो यात्राको क्रममा केबल बस्तुस्थिती र बाधक तत्वको बारे बुझ्ने काम मात्र भईरहेको उनको भनाई छ ।
दलित समुदायबाट मात्रै आवाज उठाएर परिवर्तन सम्भव नहुने भन्दै गैर दलित समुदाय पनि अघी आउन पर्ने आचार्यको भनाई रहेको छ । उनले आफु गैर दलित समुदायको भएता पनि यो अभियानमा लागेको बताउदै भेदभाव तथा छुवाछुत अन्त्यका लागि सबैले आवाज उठाउन जरुरी रहेको धारणा राखे ।
जातिय बिभेद र छुवाछुतलाई व्यवहारिक रुपमै अन्त्य गर्नका लागि पदयात्रा शुरु गरिएको टोलीकी सदस्य रिया परियारले बताईन् । परियारले लिखित रुपमा नेपालमा जातिय भेदभाव र छुवाछुत अन्त्य भएको भनिएता पनि व्यवहारिक रुपमा अझै लागु नभएको कारण पदयात्रा शुरु गरिएको बताईन् ।
विश्वको सबै प्रविधी नेपालमा भित्रिदा पनि सोच भने अझै भित्रिन नसकेको गुनासो गरिन् ।परियारले निती निर्माण गरेर मात्रै परिवर्तन नहुने बताउदै यसका लागि सोच नै परिवर्तन गर्न जरुरी रहेको धारणा राखिन् ।
परियारले पदयात्राको क्रममा बिभिन्न जिल्लामा पुग्दा दलितहरु माथि अझै पनि दुर्व्यवहार हुने गरेको पाईएको बताउदै यसको अन्त्यका लागि दलित समुदाय मात्र नभई गैर दलितहरु पनि अघी बढ्नु पर्ने धारणा राखिन् । परियारले यो अभियान दलित आन्दोलनलाई फेरी झकझक्याउन लागि शुरु गरिएको बताईन् ।
आफु पनि कुनै समय भेदभाव र छुवाछुतको पीडित भएको स्मरण गर्दै परियारले यसको अन्त्य हुन जरुरी बताईन् । परियारले परिवर्तनका लागि एउटा इट्टा थप्नु नै आफुहरुको एक मात्र लक्ष्य रहेको बताईन् ।
यस अघी शुक्रबार बिहान र्याली निकालिएको थियो । भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष अरुणपीडित भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा दलित मुक्ती मोर्चाका केन्द्रिय सदस्य खेल बहादुर परियारले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।
तपाइँको प्रतिक्रिया