हिमावारीद्वारा यात्रा ग्रुपलाई खेल सामाग्री सहयोग

भरतपुर, बैशाख ६ – भरतपुरको बिरेन्द्र क्याम्पस चोकमा रहेको हिमावारी इन्टरनेश्नल ल्याङगुएज स्कुलले यात्रा ग्रुप भरतपुरलाई खेल सामाग्री सहयोग गरेको छ । हिमावारीले यात्रा ग्रुपलाई २० थाना जर्सी, केही बल र अन्य सामाग्रीहरु सहयोग गरेको हो । शुक्रबार एक कार्यक्रमका बिच हिमवारीका प्रबन्ध निर्देशक सुलभ दवाडीले यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्कीलाई खेल सामाग्री हस्तान्तरण गरे ।
खेल सामाग्री हस्तान्तरण गर्दै हिमावारीका प्रबन्ध निर्देशक दवाडीले आफ्नो संस्था खेलकुद क्षेत्रमा सहयोग गर्नका लागि सधैं तयार रहेको बताए । उनले खेल क्षेत्रलाई सबै संस्थाहरुको सहयोग आवश्यक रहेको भन्दै आगामी दिनमा पनि यस्ता सहयोग ब्यक्तीगत रुपमा आफु र आफ्नो संस्था सधैं तयार रहने प्रतिबद्द रहेको समेत बताए । राष्ट्रलाई विश्व सम्म चिनाउने माध्यम खेलकुद नै भएकोले खेलाडीहरुलाई तन मन लगाएर खेल्न आग्रह गरेका छन् ।
यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्कीले यस किसिमको सहयोगले खेलाडीहरुलाई सधैं प्रोत्साहन मिल्ने बताए । उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताए । यस्तै उनले अन्य संस्थाहरुलाई पनि खेलकुदको क्षेत्रको बिकासका लागि सहयोग गर्न आग्रह गरे ।
तपाइँको प्रतिक्रिया