धर्म निरपेक्षता लेखिएको व्यानर जलाउन खोज्ने राप्रपा नेता र कार्यकर्ता पक्राउ

काठमाडौं, बैशाख ६ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहितका एक दर्जनभन्दा बढि नेता कार्यकर्ता पक्राउ परेका छन् । धर्म निरपेक्षताको व्यानर जलाउने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा थापासहित बरिष्ठ नेता बुद्धिमान तामाङ, दिपक बोहोरा लगायत छन् ।काठमाडौंको रतनपार्कस्थित शान्तिबाटिकामा शुक्रबार राप्रपाद्वारा आयोजित विरोधभापछि अध्यक्ष थापासहितका कार्यकर्ताले धर्म निरपेक्षताको व्यानर जलाउन लागेका थिए ।
राजतन्त्रको पुनर्बहाली र धर्म निरपेक्षताको खारेजी लगायत २२ बुँदे माग राख्दै राप्रपाले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएसँगै राप्रपा लगातार संघर्षमा छ ।धर्म निरपेक्षताको कुरा जनआन्दोलनमा पनि ननिस्केको तर विदेशीको इशारामा नेपाल धर्म निरपेक्षता लादिएको भन्दै राप्रपाले हिन्दु राष्ट्रको माग गर्दै आएको छ ।


तपाइँको प्रतिक्रिया