लायन्स क्लब अफ चितवन एभरग्रिनको अध्यक्षमा अधिकारी

चितवन, बैशाख ६ – लायन्स क्लब अफ चितवन एभरग्रिनको लायन बर्ष २०१९/२० को अध्यक्षमा सुलभ अधिकारी निर्वाचित भएका छन् । क्लबको चौथो अधिबेसनले अधिकारीलाई लायन बर्ष २०१९/२० को लागि अध्यक्षमा निर्वाचित गरेको हो ।
क्लबको प्रथम उपाध्यक्षमा दिपक तिवारी, सचिवमा दिवस मैनाली, कोषाध्यक्षमा माधव अधिकारी निर्वाचित भएका छन् । यस्तै सह सचिवमा बिनोद ढकाल, सह कोषाध्यक्षमा ई हरि उपाध्याय चयन भएका छन् । क्लबको २२ सदस्सीय नयाँ कार्यसमिती चयन भएको हो । बर्तमान कार्यसमितीको कार्यकाल सकिए लगत्तै नवनिर्वाचित समितीले कायभार सम्हाल्नेछ ।
क्लबका वर्तमान अध्यक्ष कृष्ण प्रसाद तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा एक्स्टेन्सन चियर पर्सन दिपक ढकाल प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष शिव प्रसाद सुवेदीको बिशेष उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया