धर्मनिरपेक्षता विरुद्ध राप्रपाले राजाधानी प्रदर्शन गर्दै

काठमाडौं, बैशाख ६ – धर्मनिरपेक्षता विरुद्ध कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार राजधानीमा प्रदर्शन गर्ने भएको छ । राप्रपाले शुक्रबार दिउँसो २ बजे रत्नपार्कमा धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै प्रदर्शन गर्न लागेको हो ।
राप्रपाले विरोध प्रदर्शनमा उपस्थित हुन आफ्ना सम्पूर्ण नेता तथा कार्यकर्तालाई उर्दी जारी गरेको छ ।राप्रपाका अध्यक्ष कमल थापाले विदेशीको दबाव र प्रभावमा धर्मनिरपेक्षताको व्यवस्था गरिएकाले त्यसको खारेजीका लागि दबाव दिन आज प्रदर्शन गर्न लागेको बताएका छन् ।‘घर बसेर, माला जपेर हिन्दुराष्ट्र आउंदैन’, थापाले ट्वीट गरेका छन्,‘सडकमा उत्रिए हिन्दुराष्ट्र बनाउन धेरै दिन लाग्दैन ।’
तपाइँको प्रतिक्रिया