विश्वकपको लागि पाकिस्तानको टोली घोषणा

बैशाख ६ – इंग्ल्यान्ड र वेल्समा हुने वान डे विश्वकपको लागि पाकिस्तानले आफ्नो टोली घोषणा गरेको छ । मे ३० देखी जुलाई १४ सम्म हुने विश्वकपको लागि पाकिस्तानले सरफराज अहमदको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको हो ।
घोषणा गरेको टोलीमा तीब्र गतिका बलर मोहम्मद आमिरले स्थान बनाउन सकेनन् । पाकिस्तानले यस पटक केही युवा खेलाडीहरुलाई मौका दिएको छ । सरफराज अहमदको कप्तानीमा रहेको टोलीमा अबिद अली, बाबर आजम, फहिम असरार्फ, फकार जमान, ह्यारिस सोहेल, हसन अली, ईमाद वासिम, इमाम उल हक, जुनैद खान, मोहम्मद हफिज, मोहम्मद हसन, सादब खान, शाहिन शाह अफ्रिदी सोएव र मलिक रहेका छन् ।
पाकिस्तानले पाकिस्तानले ३१ मे मा वेस्ट इन्डिजसँग खेल्दै विश्वकपमा सुरुवात गर्ने छ । ३१ मे मा वेस्ट इन्डिजसँग खेल्दै पाकिस्तानले विश्वकपको सुरुवात गर्ने छ ।(एजेन्सी)
तपाइँको प्रतिक्रिया