विश्वकपको लागि प्लेसिसको कप्तानीमा अफ्रिकन टिमको घोषणा

बैशाख ६ – एक दिवसिय विश्वकप क्रिकेटका लागि दक्षिण अफ्रिकाले आफ्नो टोली घोषणा गरेको छ ।आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने विश्वकपका लागि अफ्रिकाले फाफ डु प्लेसिसको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको हो ।
टोलीमा हसिम अमला, क्विन्टन डी कक, जेपी ड्युमिनी, एडेन मार्कराम, डेविड मिलर, लुन्गी निडी, एनरिच नोर्टज, एन्डिले फेहलुकवेओ, ड्वेन प्रिटोरियस, कागिसो रवाडा, तबरेज शम्सी, इमरान ताहिर, डेल स्टेन र रस्सि भान डर दुसेन रहेका छन् । अफ्रिकाले विश्वकपमा पहिलो खेल मे ३० मा घरेलु टोली इंग्ल्यान्डसँग खेल्नेछ ।(एजेन्सी)
तपाइँको प्रतिक्रिया