दिल्लीलाई पराजित गर्दै मुम्बई दोस्रो स्थानमा

बैशाख ६ – इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स पराजित भएको छ । गए राती सम्पन्न खेलमा दिल्ली मुम्बई इन्डियन्स सँग ४० रनले पराजित भएको हो । जित पछी मुम्बई तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
घरेलु मैदान फिरोज शाह कोटालामा मुम्बईले दिएको १६८ रन लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउदै १२८ रनै समिता भयो । सन्तोषजनक शुरुवात गरे पनि मध्य क्रमका ब्याट्सम्यान खास्सै चल्न नसक्दा दिल्ली पराजित हुन पुग्यो ।
ओपनरद्दय पृथ्वी शव र शिखर धवन बिच पहिलो विकेटको लागि ४९ रनको साझेदारी भएको थियो । सातौ ओभरको तेस्रो बलमा धवन ३५ रन बनाएर आउट भए । उनले २२ बलमा ५ चौका र १ छक्का प्रहार गरे । नवौं ओभरको तेस्रो बलमा अर्का ओपनर पृथ्वी २४ बलमा २ चौकाको मद्दतमा २० रन बनाएर आउट भए पछी दिल्लीको इनिङ धरासायी भयो ।
अक्षर पटेल ब्यक्तिगत २६ तथा क्रिस मोरिस ११ रन बनाएर आउट भए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन समेत बनाउन सकेनन् । दिल्लीलाई सस्तैमा समेट्न मुम्बईका राहुल चाहरले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका चाहरले जम्मा १९ रन खर्चिए । यस्तै जस्प्रित बुम्राहले २ तथा हार्दिक पाण्ड्या, लासिथ मालिङ्गा तथा क्रुनाल पाण्ड्याले समान १-१ विकेट लिए ।
त्यस अघी टस जितेर पहिलो ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १६८ रन बनाएको थियो । मुम्बईका लागि दाजु भाई जोडी हार्दिक पाण्ड्या र क्रुनाल पाण्ड्याले उत्कृष्ट पारी खेले । हार्दिक २६ बलमा ५ चौकाको मद्दतमा ३७ रन बनाएर नट आउट रहे । १५ बल खेलेका क्रुनालले बिस्फोटक ब्याटिङ गर्दै २ चौका र ३ छक्काको मद्दतमा ३२ रन बनाए ।
त्यस अघी क्विन्टन डि कक ३५, कप्तान रोहित शर्मा ३० तथा सुर्यकुमार यादव २६ रन बनाएर आउट भएका थिए । दिल्लीका कागिसो राबडाले २ तथा अमित मिश्र र अक्षर पटेलले समान १-१ विकेट लिए ।(एजेन्सी)
तपाइँको प्रतिक्रिया