ट्राफिक प्रहरीमा उत्साह, प्रोत्साहन भत्ता ४० प्रतिशतसम्मले बढ्यो

बैशाख ५, २०७६,काठमाडौं– सरकारले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता भत्ता ४० प्रतिशतसम्मले वृद्धि गरेको छ ।
वैशाख २ गते सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका २०७५ लाई स्वीकृत गरेको छ । स्वीकृत गरिएको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलबअनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरिएको छ ।
निर्देशिकाअनुसार ट्राफिक प्रहरी जवान र हवल्दारको ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डीएसपीलाई १० प्रतिशत भत्ता वृद्धि हुने भएको छ ।


निर्देशिका आएपछि ट्राफिक प्रहरी खुशी भएका छन् ।
ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले प्रोत्साहन भत्ताले ट्राफिक प्रहरीलाई आफ्नो काममा अझै दत्तचित्त भएर लाग्न हौसला प्रदान गरेको बताए ।लोकान्तरबाट
तपाइँको प्रतिक्रिया