पियु स्नातकोत्तर तह फल सेमेस्टरको परिक्षा स्थगित

बैशाख ५ – पोखरा विश्वबिद्यालय अन्तर्गतका कलेजहरुमा शुक्रबारबाट हुने भनिएको स्नातकोत्तर तह फल सेमेस्टर परिक्षा सरेको छ ।पोखरा विश्वबिद्यालय परिक्षा नियन्त्रण कार्यालयले बिहीवार साँझ एक सुचना जारी गर्दै अर्को सुचना जारी नभए सम्मको लागि स्थगित भएको जनाएको हो । डि प्लसका विद्यार्थीहरुको भर्नाको बिषयलाई लिएर अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु र नेपाल विद्यार्थी संघले संयुक्त रुपमा पोखरा विश्वबिद्यालय अन्तर्गतका कलेजहरुमा तालाबन्दी गरेपछी परिक्षा स्थगित भएको हो ।
तपाइँको प्रतिक्रिया