फराकिलो जितका बाबजुत पनि नेपाल विश्वकपमा छनोट हुन सकेन

बैशाख ५ – आईसीसी यू१९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गरेपनी छ । नेपाल आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकपको लागि छनोट हुन भने असफल भएको छ । आज नै भएको अर्को खेलमा यूएईले ओमानलाई १० विकेटले पराजित गरेपछि नेपालको विश्वकप खेल्ने सपना पुरा हुन सकेन । यूएई पाँच खेलमा पाँचमा नै जित निकाल्दै विश्वकपको लागि छनोट भयो ।
पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल वर्षाले प्रभावित दोस्रो खेलमा यूएईसँग डकवर्थ लेविस मेथर्डका आधारमा १ रनले पराजित भएको थियो । १ रनको हारनै नेपालको विश्वकप खेल्ने सपनामा बाधक बन्यो । त्यस्तै तेस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेट र चौथो खेलमा ओमानलाई १ सय ५० रनले हराएको थियो ।
१ सय ५८ रनको मध्यम लक्ष्य पछ्पाएको नेपालले २८ ओभरमा २ विकेटको क्षतिमा १ सय ६० रन बनाउदै सहजै पुरा गर्यो । नेपालको सहज जितमा ओपनर रित गौतमले ८४ बलमा ७ चौका सहित ६२ रनमा आउट भए । त्यस्तै अर्का ओपनर पवन सरार्फले ६१ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५३ रनको योगदान दिए ।आशिफ शेखले २० बलमा ५ चौका र १ छक्का सहित ३३ र सन्दीप जोरा ५ रनमा अविजित रहे ।


त्यस अघि क्वालालाम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले ४९.४ ओभरमा अल आउट हुँदै १ सय ५७ रन बनायो । उसका लागि नोमन बुद्रोले ७० रनको अर्ध सतकिय पारी खेले ।तेस्रो ओभरको पाँचौ बलमा राशिद खानले मिट भावसारलाई १० रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । राशिदलेनै कप्तान अब्दुल सद्दीकलाई पवन सरार्फबाट पाँचौ ओभरको पहिलो बलमा शून्यमा पेभिलिएन फर्काए ।
तेस्रो विकेटका लागि गोकुल कुमार र नोमन बुद्रोले ७४ रनको साझेदारी गर्दै कुवेतको इनिङ्स उकासे । कुमार ३६ रनमा बोल्ड आउट भए । उनले ६६ बलमा ५ चौका प्रहार गरे । हमोद अमानुल्लाह १७ रनमा आउट भए ।नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ३ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । कुशल मल्ल,राशिद खान र सुर्य तामाङले समान २-२ विकेट लिए ।
तपाइँको प्रतिक्रिया