माडी गोल्डकप : शुक्रबार २ खेल हुँदै

माडी, बैशाख ५ – बसन्तपुरमा जारी माडी गोल्डकप फुटबल प्रतियाोगिता अन्तरगत भोलि शुक्रबार दुईवटा खेलहरु हुनेछ । भोलिको पहिलो खेल नारायणगढ फुटबल क्लब (एनएफसी) र शसस्त्र प्रहरीको एपिएफ भिड्नेछन् । खेल दिउँसो १ बजे शुरु हुनेछ ।भोली नै हुने दोश्रो खेल रामपुर फुटबल क्लब रामपुर र र भैरव फुटबल भिड्नेछन् । यो खेल दिउँसो ३ः३० बजेपछि शुरु हुने खेल आयोजकले जनाएको छ ।
नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नेपाल बन्द आह्वानका कारण आज बिहीबारका लागि निर्धारित एनएफसी र एपिएफ प्रहरी बिचको खेल एकदिन पछाडी सारिएको हो । बन्दका कारण खेलाडीहरु आउनजान समस्या पर्ने भएकाले खेल सार्नुपरेको आयोजक बसन्तपुर युनाइटेड क्लबका अध्यक्ष नवीन बस्यालले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया