चितवनसहित देशैभरका पत्रकार आन्दोलीत, विद्युतीय कारोवार ऐनको दफा ४७, ४८ खारेज गर्न माग

बैशाख ५, चितवन –
विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेजीको माग गर्दै चितवनसहित देशैभरका पत्रकारहरु आन्दोलित भएका छन् । समाचार लेखेकै आधारमा पोखराका पत्रकार अर्जुन गिरी पक्राउ परेपछि पत्रकार महासंघ आन्दोलीत बनेको हो ।
नेपाल पत्रकार महासंघको केन्द्रिय सर्कुलर अनुसार देशैभरका सवै जिल्ला शाखाले जिल्ला प्रशासन कार्यालयमा आज विहान १ घण्टा धर्ना दिएका छन । विहिवार चितवन, मक्वानपुर लगायत देशैभरको जिल्ला प्रशासन कार्यालय अगाडी विहान साढे ९ बजेदेखि साढे १० बजेसम्म धर्ना दिएका थिए ।
विद्युतिय कारोवार ऐनको सो दफाले पुर्ण प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको भन्दै खारेजीको माग गरेका छन । विद्युतीय कारोबार ऐनले प्रेस स्वतन्त्रतालाई अंकुस लगाएकाले सवै पत्रकार आन्दोलीत हुनुपरेको पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण गिरीले बताए । यहि ऐनको आधारमा पत्रकार पक्राउ गर्ने क्रम बढीरहेकाले खारेज नभएसम्म देशभर संघर्ष जारी राख्ने गिरीले चेतावनी दिए ।
यस्तै प्रेस संगठनका केन्द्रिय सदस्य सुरेसचन्द्र अधिकारीले प्रेस स्वतन्त्रतामाथीको हस्तक्षेप आम नेपालीको स्वतन्त्रतामाथीकै हस्तक्षेप भएकाले राष्ट्रको चौथो अंगलाई सवै मिलेर स्वतन्त्र राख्नुपर्नेमा जोड दिएका छन ।
तपाइँको प्रतिक्रिया