सन्दर्भ : नेविसंघ स्थापना दिवस विशेष


आजका मितिसम्म हेरक परिवर्तनको सफल आन्दोलन गरेको ने.बि.संघ माथी अधिनायकवादी सरकारलाई क्रसचेक गर्नु पर्ने चुनौती तड्कारो रुपमा खड्किएको छ। हरेक बिद्यार्थी भोलिका वालिग मतदाता हुन। राजनैतिक स्थिरता सग सगै राजनैतिक शु-शाशन , बौद्धिक र अब्बल नेतृत्व चयनका निम्ति शिक्षामा आमूल परिवर्तनको खाचो औल्याउँदै लोकतन्त्रलाई सुढृढ , गतिशील बनाउने सचेत युवा जमात तयार गर्नु ने. बि.संघको बर्तमन आवश्यकता हो। लोकतन्त्र सबल र सुढृढ हुदा मात्रै समृद्धि सम्भब छ। शु-शाशनको अर्को परिभाषा हो सबल लोकतन्त्र, जसले हरेक राजनैतिक प्रतिकुलतालाइ नागरिक प्रती उत्तरदायी हुँदै अनुकुल समाधानका दीर्घकालीन निष्कर्ष निकाल्न सक्छ्।
लोकतन्त्र माथिनै वार-वार प्रहार हुदा न बिकास हुर्कन्छ न न्याय र रास्ट्रवाद सप्रन्छ। आजको अल्पबिकशित नेपाल मुर्छित अवस्थाको लोकतन्त्रको उपज हो। यो पछिल्लो २०बर्षमा केवल मतदाता मात्रै फेरिएको छैनन। नेपाली राजनीतिक प्रवृत्ति , इतिहासलाई किस्ता किस्तामा विश्लेषण गर्दै बिकासको ग्राफ मापन गर्ने सिङो सचेत पुस्ता खडा भइ सकेका छन् । ग्लोबलाइजेसनका कारण पनि नेपाली नागरिक बिश्व विख्यात हावर्ड युनिभर्सिटी लगाएतका पाठ्यक्रम र पाठ्यशैली नियाल्न्न सक्छ। हातमा भएको ल्यापटप र मोबाइलबाट नै विश्वका परिवर्तन र समृद्धिका लहरहरु विचरण गर्न सक्छ। यसर्थ अब पुरातनवादी शिक्षालाई वर्तमानको आवश्यकता सङ जोड्ने शैक्षिक नीति, विशेषज्ञ र रुपान्तरणको खाचो छ। देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ यस्का निमित्त ने.बि.संघका साथीहरुको अथक मेहेनत , वलिदानी , रगत पसिना साटिएको छ।
तसर्थ बलिदान सङ साटेर ल्याएको यो परिवर्तन गुम्ने खतरापूर्ण जोखिमबाट देसलाई सदाका लागि मुक्त गर्दै विश्वमा बिकसित रहेका देश सग गर्वका साथ प्रतिस्पर्धा गर्न सक्ने शिक्षित दक्ष जनशक्ति उत्पादन गर्नु छ। वर्तमानको अधिनायकवादी सरकार सङ न संस्कार भेटियो न समृद्धिका केहि माइल दुरिहरु । यसर्थ पुन निराश भएको जनसमुदायमा नवीन उमंग र तरंग रक्तसञ्चार गराउनु पनि ने.बि.संघको जिम्मेवारी हो। हामी सङ यति धेरै गर्विलो इतिहास , साख , लाखौं बिद्यार्थी सङ संगै करोडौं जनसमुदायको पनि विस्वासीलो जग कायम नै छ तर देशलाइ समृद्धिको बाटोमा हिडाउन वर्तमान सरकारलाई निरन्तर खबरदारी गर्दै जनउत्तरदायी बनाउनेतर्फ ध्यान जानू पर्ने देखिन्छ । बिद्यार्थीलाई दक्ष बनाउन सकिएन भने कसरी दीर्घकालिन रुपमा लोकतन्त्र हुर्कन्छ? यो सबै भताभुङ अर्थतन्त्रको विश्लेषण गर्दै कस्ले आवश्यकता अनुरुपको अर्थ निति पेश गर्छ ? यो कु-शासन , अन्याय , भ्रष्टाचारको जवाफ कस्ले माग्छ? मुलुकलाई माटोको मायासंगै जोडेर खण्डित र निरन्तर प्रहार हुनबाट कस्ले जोगाउछ ? शु-शाशनको वकालत गर्दै समाजलाइ शताब्दीकै चेतनशील कस्ले बनाउनेछ ? नयाँ प्रबिधिलाई ध्यानमा राख्दै आफ्नो रास्ट्रमै नया खोज , अनुसन्धानको दायरा फराकिलो पारी नविन प्रविधिको इन्भेन्सन कस्ले गर्छ ? यो सबै प्रश्नको जवाफ लोकतन्त्र भित्रको शैक्षिक रुपान्तरण सङ छ।
जुन बर्तमान सरकारबाट अपेक्षा समेत गर्न सकिन्न । ने.बि.संघ सग धेरै चुनौतीहरु छन । प्रजातन्त्रको संघर्षमा अनवरत लडिरहनु नेपाल बिद्यार्थी संघ मा आवद्ध बिद्यार्थीहरुको कर्तव्य हो। तर के यो सबै चुनौतीपूर्ण कार्यहरूलाई पार लगाउने अपेक्षा आजको शिथिल , मुर्छित र खण्डित ने.बि.संघ बाट साधारण बिद्यार्थीले अपेक्षा गर्न सक्लान? संगठन भित्र बनमारा झारझै फैलिएको अपारदर्शीता, हराएको हार्दिकता, पद लोलुपता, साथीहरू बिचको अन्तर सम्मानमा आएको ह्रासले के साच्चिकै बर्तमान परिवेशमा नेपाल बिद्यार्थी संघ गतिशील बन्ला ? हाम्रा अघाडी गम्भीर प्रश्न छ। अद्यावधिक महाधिवेशन हुन नसक्नु, केन्द्र देखि क्याम्पसको कक्षा कमिटी सम्म संगठनको मर्मभन्दा गुटलाइ प्रधानता दिनु निकै दु:खद पक्ष हो। यो सबै हर्कतहरुमा माउ पार्टी नेपाली कांग्रेस जानकार र जिम्मेवार रहेर पनि झगडामा नै रमाए जस्तो गर्नु कदापि फाइदाजनक हुनेछैन । ने.बि.संघ आफ्नै पार्टी भित्र पनि आन्दोलित छ, नेतृत्वलाई क्रसचेक गर्ने साहस राख्ने संगठनका रुपमा स्थापित छ। तर वर्तमान अवस्थामा कब्जा गर्ने नियतले गैरराजनीतिक पद्धति को बिकास हुनु, ढोके दरवानेहरु हाबी हुँदै जानू यो सङर्सबाट आउन चाहनेहरुलाइ मान्य हुने छैन र यस्तो गलत प्रबृती विकसित हुनु अझ खतरापूर्ण छ।
वाचडग बाट पकेट डगतर्फ संगठन जानू संगठनकै अहितमा छ। तत्कालको अवस्थामा नेपाल बिद्यार्थी संघको केन्द्रिय नेतृत्वनै रिक्त छ । के यहि रिक्तताबाट हामीले संगठित ने.बि.संघ कल्पना गर्न सक्छौ ? यसको छिटोभन्दा छिटो माहाधिवेसनबाट पुर्ती हुन आवश्यक छ। अन्यथा गुट, उपगुटको भागबन्डाबाट आएको नेतृत्वबाट सबै बिद्यार्थीले अपनत्व महसुस गर्ने संगठन निर्माण होला? निकट दिनमा नै फेस गर्नु पर्ने स्व.वि.यु निर्वाचन लगाएको महत्वपूर्ण मुद्दामा नेपाल बिद्यार्थी संघ अब्बल भएर उभिएला? लाखौं बिद्यार्थी यिनै प्रश्नको जवाफको पर्खाइमा छन। जय नेपाल !
तपाइँको प्रतिक्रिया