पोर्टोलाई पराजित गर्दै लिभरपुल सेमिफाइनलमा

बैशाख ५ – प्रिमियर लिग क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । च्यम्पियन्स लिग अन्तर्गत गए राती समपन्न क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब एफसी पोर्टाेमाथि सहज जित निकाल्दै लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।
पोर्टाेको मैदानमा भएको खेलमा लिभरपुल ४–१ ले विजयी भयो । पोर्टोलाई पूर्ण रुपमा दबाबमा राखेको लिभरपुलले खेलको २६औं मिनेटमा साडियो मानेको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्दा एक गोल खान पुगेको थियो ।६५औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै अग्रता दोब्बर बनायो । ६९औं मिनेटमा इडेर मिलिटाओले गोल गर्दै गोल अन्तर २–१ मा झारे ।
७७औं मिनेटमा रोबर्टाे फिर्मिनो र ८४औं मिनेटमा भर्जिल भान डिजिकले गोल गरेपछि लिभरपुल ४–१ ले विजयी हुन सफल भयो । समग्रमा लिभरपुल ६–१ ले विजयी भयो । यस अघी घरेलु मैदानमा भएको पहिलो लेगमा लिभरपुलले २–० ले बिजयी भएको थियो । (एजेन्सी)


तपाइँको प्रतिक्रिया