बन्दमा नारायणगढमा फोहोरको गन्ध (फोटोफिचर)
चितवन, बैशाख ५ – विप्लव समूहको बन्दका कारण देशका बिभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।बन्दको प्रभाव केही जिल्लामा पूर्ण रुपमा परेको छ भने केहीमा सामान्य रहेको छ । बन्दले चितवनमा पनि प्रभाव पारेको छ । बन्दको कारण चितवनका बजारहरु आज बन्द रहेका छन् भने लामो दुरीका सवारी साधनहरु पनि चल्न सकेका छैनन् ।
बन्दले नारायणगढ बजार सुनसान रहेको छ । मानिसको भिड्भाड हुने नारायणगढ बजार सुनसान भए फोहोर भने टन्नै थुप्रिएका छन् । बन्दले नारायणगढ बजारमा फोहोरको गन्ध फैलिएको छ । नारायणगढको लायन्सचोक देखी पुलचोक सम्म फोहोर डङगुर रहेको छ । बन्दको मौका पारी चोकमा फोहोर फाल्दा बजार नै दुर्गन्धित भएको छ ।
लायन्सचोक, सहिदचोक र पुलचोक आसपासमा आधा दर्जन भन्दा बढी ठाउँमा फोहोरको थुप्रो लागेको छ जसले पुरै बजारलाई नै दुर्गन्धित बनाएको छ । बन्दले सबैलाई प्रभाव पारे पनि फोहोरलाई भने कुनै प्रभाव पारेको छैन । बन्दको दिनमा चोक चोकमा थुप्रिएको फोहोरको डङगुरका केही तस्बिरहरु हाम्रो क्यामेरामा कैद भएका छन् :
लाइन्सचोक
लायन्सचोक
लायन्सचोक
सहिदचोक
पुलचोक
पुलचोक
हेर्नुहोस् भिडियो पनि:
तपाइँको प्रतिक्रिया