दुम्कौलीमा झोला भित्र भेटिएको शंकास्पद बस्तु जेरी पुरी भएको पुष्टी

नवलपरासी,बैशाख ५ – पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कौली स्वास्थ्य चौकी अगाडि झोला भित्र भेटिएको बस्तु जेरी पुरी भएको पुष्टी भएको छ । झोलामा रहेको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्फोज गर्ने क्रममा जेरी पुरी भएको पुष्टी भएको हो ।उता गैडाकोट नगरपालिका १४ बेल्डियामा रहेको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ ।
त्यसैगरी बन्दको बेला सवारी साधन चलाएको भन्दै विप्लवका कार्यकर्ताहरुले कावासोती १६ डण्डा पत्थर खोला निर एउटा भारतीय ट्रकमा बम प्रहार गरेका छन् । बमबाट आगलागी हुँदा ट्रकको पछिल्लो भागमा क्षति पुगेको छ ।
भारतको गुजरातबाट काठमाडौंको लागि प्लाई लिएर आउँदै गरेको जे ०२ जी बि २८७० नम्बरको ट्रकमा आगजनी भएको हो । ट्रकमा लागेको आगो प्रहरीले बेलैमा नियन्त्रणमा लिएको कारण पूर्ण रुपमा ध्वस्त हुन भने पाएन ।
तपाइँको प्रतिक्रिया