नवलपुर, बैशाख ५ – नवलपुरको कावासोतीमा विहीबार बम विस्फोट भएको छ । कावासोतीको मुख्य बजार इन्द्रचोकमै वम विस्फोट भएको हो । विस्फोटको आवाज परसम्म सुनिएकोले बम निक्कै शक्तिशाली भएको स्थानीयको अनुमान छ ।विस्फोटबाट मानवीय क्षति भने भएको छैन । इन्द्रचोकको खाली स्थान झाडीमा बम विस्फोट भएको थियो ।
तपाइँको प्रतिक्रिया