च्याम्पियन्स लिग : घरेलु मैदानमा पोर्टोलाई लिभरपुलको कडा चुनौती

बैशाख ४ – युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज लिभरपुल र पोर्टो बिच खेल हुँदैछ । च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस क्लब लिभरपुल र पोर्चुगिज क्लब पोर्टो बिचको क्वार्टरफाइनल दोस्रो लेग आज राती हुन लागेको हो । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पोर्टोको घरेलु मैदानमा हुनेछ ।
यस अघी आफ्नै घरमा सम्पन्न पहिलो लेगमा २-० को जित निकालेको लिभरपुल आज त्यही नतिजालाई निरन्तरता दिने दाउमा रहेको छ । पहिलो लेगमा जित हात पारेको कारण आजको खेल लिभरपुलका लागि केही सहज हुन सक्ने देखिन्छ । उता पोर्टो आफ्नो घरेलु मैदानमा लिभरपुललाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा रहेको छ । पोर्टोलाई सेमिफाइनलमा स्थान बनाउन कम्तीका ३-० को जित आवश्यक रहेको छ ।(एजेन्सी)
तपाइँको प्रतिक्रिया