ट्रकको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

चितवन, बैशाख ४ – ट्रकको ठक्करबाट चितवनमा एक जनाको ज्यान गएको छ । बुधबार साँझ आँपटारीबाट केन्द्रिय बस टर्मिनल तर्फ जादै गरेको बा ४ ख ७६ नम्बरको ट्रकको ठक्करबाट बा ४६ प ७८३० नम्बरको मोटारसाइकका चालक इच्छाकामना गाँउपालिका ५ बस्ने बर्ष ३७ का रेशम गुरुङको घटना स्थलमै ज्यान भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
भरतपुर ११ गणेशथान नजिकै मोटारसाइकलले साइकल यात्रीलाई ठक्कर दिएर मोटरसाइकल चालक लड्दा सोही दिशाबाट आईरहेको ट्रक सँग ठोक्किदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकलयात्री भरतपुर ११ का ७२ बर्षिय श्याम कुमार श्रेष्ठको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनको भरतपुर सरकारी अस्पातलमा उपचार भईरहेको । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
तपाइँको प्रतिक्रिया