च्याम्पियन्स लिग : घरेलु मैदानमा कमब्याक गर्ने दाउमा सिटी

बैशाख ४ – युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज दुई इंग्लिस क्लबहरु म्यानचेस्टर सिटी र टोटेनह्याम हट्सपर आमने सामने हुँदैछन् । च्याम्पियन्स लिग अन्तर्गत सिटी र टोटेनह्याम बिचको क्वार्टरफाइनल दोस्रो लेग आज राती हुन लागेको हो । खेल नेपाली समय अनुसार राती १२:४५ बजे सिटीको घरेलु मैदानमा हुनेछ ।
पहिलो खेलमा हार व्यहोरेको सिटी आज घरेलु मैदानमा कमब्याक गर्ने लक्ष्यमा रहेको छ । यसअघि टोटनह्यामको घरमा भएको पहिलो लेगमा टोटनह्याम १–० ले बिजयी भएको थियो । आज हुने खेलमा सिटी त्यो हारको बदला लिदै सेमिफाइनलमा स्थान बनाउने दाउमा रहेको छ । यसको लागि उसलाई आजको खेलमा स्पष्ट जित आवश्यक रहेको छ ।
उता पहिलो लेगमा १-० ले बिजयी भएको टोटेनह्यामलाई फाइनलमा स्थान बनाउन बराबरी नै काफी रहेको छ । पहिलो लेगमा जित हात पारेको कारण टोटेनह्याम आज उच्च मनोबलका साथ मैदान उत्रनेछ । तर सिटीको मैदान टोटेनह्याम सतर्क भएर खेल्नेछ ।(एजेन्सी)


तपाइँको प्रतिक्रिया