१ करोड ४६ लाखमा भरतपुर महानगरको प्रशासनिक भवन बन्दै, बुधवार शिलान्यास

वैशाख ४, चितवन –
भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमकाविच महानगरपालिका प्रमुख रेनु दाहालले भवनको शिलान्यास गरेका हुन ।
दुई तलाको सो भवन निमार्णका लागी १ करोड ४६ लाख लागत लाग्ने महानगरपालिकाका ईन्जिनियर सुर्यप्रकाश लामाले बताए । उनका अनुसार ३ महिनामा निर्मा(ा सम्पन्न गर्ने लक्ष्य रहेको छ । स्टिल स्ट्रक्चरमा स्याण्डवीच प्यानलको प्रयोग गरी दुई तलामा १६ कोठे भवन प्रशासनिक ब्लकका रुपमा निर्माण गर्न लागिएको हो ।
शिलन्यास कार्यक्रममा बाल्दै प्रमुख दाहालले बढ््दो सेवाग्राहीको चाप र कर्मचाहीहरुको कार्य व्यवस्थापनलाई प्रभावकारी बनाउन भवन निर्माण गर्न लागिएको बताए । महानगरपालिकाका विभिन्न महाशाखाहरु बाहिर रहेको भन्दै उहाँले ती महाशाखालाई एकैठाउँमा ल्याई व्यवस्थित र प्रभावकारी सेवा प्रवाह गर्नका लागि यो भवन बनाउन लागिएको जानकारी दिए ।
भवन ३ महिनाभित्र सम्पन्न गर्ने गरी काम सुरु गरिएको भन्दै दाहालले निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीलाई समयमै गुणस्तरीय निर्माण गर्न आग्रह गरे । गुणस्तर कायम गर्न विशेष पहल गर्न महानगरपालिकाका प्राविधकहरुलाई निर्देशन पनि दिए ।
तपाइँको प्रतिक्रिया