ठोरी र एभरेष्ट भरतपुर बिजयी

माडी, बैशाख ४ – माडीको बसन्तपुरमा जारी माडी गोल्ड फुटबलमा ठोरी स्पोर्टस क्लब ठोरी र एभरेष्ट क्लब भरतपुर बिजयी भएका छन् । प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा ठोरीले आयोजक बसन्तपुर युनाइटेड क्लबलाई तथा एभरेष्ट भरतपुरले चैनपुर फुटबल क्लब माडीलाई पराजित गर्यो ।
बुधबार सम्पन्न पहिलो खेलमा ठोरीले बसन्तपुरलाई १-० ले पराजित गरेको छ । यस अघी मंगलबार ठोरी र बसन्तपुर बिच खेल चलिरहदा भिषण हावाहुरी चले पछी स्थगित भएको थियो । मंगलबार स्थगित भएको खेल बुधबार बिहान पुनह : खेलाईएको हो ।
यस्तै बुधबार नै सम्पन्न दोस्रो खेलमा एभरेष्ट क्लब भरतपुरले चैनपुर फुटबल क्लब माडीलाई १-० ले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच एभरेष्टका हार्दिप भण्डारी घोषित भए ।


तपाइँको प्रतिक्रिया