हामीले युभेन्टसलाई ५ गोल गर्न सक्ने थियौ – भान डेर बीक

बैशाख ४ – आयाक्सका डिफेन्डर भान डेर बीकले युभेन्टसको पोस्टमा आफुहरुले कम्तीमा पनि ५ गोल गर्न गर्न सक्ने खेल प्रदर्शन गरेको बताएका छन् । च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गतको दोस्रो लेगमा युभेन्टसलाई पराजित गरेपछी उनले यस्तो बताएका हुन् ।
गए राती सम्पन्न खेलमा आयाक्सले युभेन्टसलाई २-१ ले पाखा लगाएको थियो । समग्रमा ३-२ को जित निकाल्दै आयाक्स सेमिफाइनलमा प्रवेश गरेको छ । जित पछी डेर बीकले भने ‘पहिलो हाफमा हामी दबाबमा थियौ, युभेन्टसले हामीले भन्दा राम्रो खेलेको थियो तर तर दोस्रो हाफमा हामीले राम्रो खेल्यौँ र मलाई लाग्छ हामीले कम्तीमा पनि युभेन्टस बिरुद्द ५ गोल गर्न सक्ने थियौ ।’
यस्तै उनले आफुले गरेको ३४ औं मिनेटको गोल पछी आफ्नो साथी नोउरीलाई निकै सम्झिएको बताएका छन् । ‘३४ औं मिनेटमा गोल गरेपछी मैले मेरो साथी नोउरीलाई निकै सम्झिए, म यो क्षेण कहिले पनि बिर्सिन्न ।उसले हेर्न पाएको भए आयाक्सको यस्तो खेल देखेर धेरै गर्व महसुस गर्ने थियो – उनले भने ।’ आयाक्सका २२ बर्षिय पुर्व मिडफिल्डर नोउरीले मस्तिस्क घातको कारण फुटबलबाट सन्यास लिएका छन् ।


तपाइँको प्रतिक्रिया