दीपिकालाई आफ्नै मन सँग के सोध्न लगाउदैछन् बिशाल (भिडियो)

बैशाख ४ – सदाबहार गायक उदय सोताङको आवाजमा रहेको ‘सोध तिमी आँफै सँग’ बोलको गीत सार्वजनिक भएको छ । गायक सोताङको सुमधुर स्वरमा सजिएको ‘सोध तिमी आँफै सँग’ बुधवार सार्वजनिक भएको हो । सार्वजनिक गीतमा डा डिआर उपाध्यायको शब्द रहेको छ । बुलु मुकारुङको संगीत रहेको गीतमा नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ । गीतले आफ्नो प्रेमिकाको खुशीका लागि बिदेशियको प्रेमीको कथा बोकेको छ ।
गीतको भिडियोमा दीपिका थापा, बिशाल थापा र निर्मल न्यौपानेको अभिनय रहेको छ । दीपिका र बिशालले एक अर्कालाई माया गर्ने जोडीको भूमिका निभएका छन् भने निर्मल आफ्नो स्वार्थको लागि झुठो माया गर्ने ब्यक्तीको भूमिकामा रहेका छन् ।सुबास प्रधानले निर्देशन गरेको गीतको भिडियोलाई प्रेम लामाले खिचेका हुन् । भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
तपाइँको प्रतिक्रिया