बार टेन्डर व्यवसायमा आकर्षण बढ्दो (भिडियो सहित)

चितवन, बैशाख ०४ ।
चितवनमा पछिल्लो समय बारटेण्डर व्यवसायमा आकर्षण बढेको छ । विशेष गरेर युवावर्गले यो क्षेत्रलाई रोज्ने गरेका छन् । यससम्बन्धी डिप्लोमा कोर्षमा पढाइ समेत हुने गरेका छन् । भरतपुरको विहानी टोलमा रहेको एम एण्ड वार बारटेण्डर एकेडेमीमा अध्ययन गर्न आउने विधार्थीहरु यसको उदाहारण हुन् ।
वैदेशिक रोजगारिमा जान चाहनेहरुका लागि र स्वदेशमा नै केही गरौं भन्ने भावना भएकाहरुका लागि चितवनमा नै एम एण्ड वार बारटेण्डर एकेडेमी सुरु गरीएको एकेडेमीका प्रबन्ध निर्देशक विष्णुनाथ गौतमले बताए । एकेडेमी विगत ३ महिना अघिवाट औपचारीक रुपमा सन्चालन भइरहेको छ । १ दशकसम्म युएई तथा कुवेतमा काम गरी स्वदेश फर्किएका गौतमले स्वदेशमै स्वरोजगार बन्न एकेडेमी संञ्चालन गरीएको वताए । हाल १५ जनाभन्दा बढीलाई ट्रेनिङ दिईरहेका छन् ।
कलात्मक ढंगले प्रयोगात्मक फ्युजनको विश्वभरि चल्ने ककटेल, मक्टेल लगायत बारमा पाइने सम्पूर्ण परिकारका ट्रेनिङ दिईने निर्देशक गौतमले बताए । पहिलेको तुलनामा अहिले धेरै वुझिसकेको बताउद गौतमले दैनिक धेरै कल आउने गरेको वताए ।
‘होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुकका लागी उत्कृष्ट प्रयोगात्मक स्थान हो’ गौतमले भने, ‘अहिले बाहिर जान लागेका मात्रै होईनन् नेपालमै केही गनुपर्छ भन्नेहरु धेरै सिक्न आएका छन् ।’ गौतम काठमान्डौको हायात होटल हदै युएई तथा कुवेतमा काम गरेर नेपाल फर्किएका हुन् ।
आफुले जानेको सिप अरुलाई पनि सिकाउदै नयांपन दिन चितवनमा नै बारटेण्डर एकेडेमी संञ्चालन गरीएको गौतमले बताए । चितवनको टांडीवाट बारटेण्डर सिक्न गएका नितेश परियार चितवनमा नै यसरी सिक्न पाएकोमा मख्ख छन् ।
‘हामीलाई बारटेण्डर सिक्न काठमान्डौं जान पर्थ्यो, चितवनमा नै अन्तराष्ट्रिय स्तरको पढाई हुन रैछ । त्यसैले सिक्न आए ।’ एकेडेमीमा ग्राहकलाई मनोरञ्जन दिनका लागि वाइनका बोतलहरु घुमाउने रोमान्चक खेल पनि सिकाइन्छ ।
लाइभ म्युजिक हुने अधिकांश चितवनका बार र रेस्टुरेन्टहरुमा आफ्ना विद्यार्थीहरु कार्यरत रहेको गौतमले बताए । वैदेशिक रोजगारीका लागि विद्यार्थी भिसामा जान चाहनेहरुका लागि एउटा सीप लिएर जाँदा राम्रो हुने र विश्वभरी नै यो बार टेन्डरको राम्रो प्रभाव रहेकाले सजिलै काम पाउनेमा आफू विश्वस्त रहेको सञ्चालक गौतमले बताए ।
तपाइँको प्रतिक्रिया