पन्जावको जितमा अश्विन नायक

बैशाख ४ – इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलाभेन पन्जावले राजस्थान रोयल्सलाई पराजित गरेको छ । आइपिएल अन्तर्गत गए राती सम्पन्न खेलमा पन्जावले राजस्थानलाई १२ रनले पराजित गर्यो ।
मोहालीमा पन्जावले दिएको १८३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको राजस्थान २० ओभरमा ७ विकेट गुमाउदै १७० रनमा नै समेटियो । उसका लागि राहुल त्रिपाठीले ५० रनको अर्धसतकिय पारी खेले । ४५ बल खेलेका उनले ४ चौका प्रहार गरे । स्टुअर्ट बिन्नीले नट आउट ३३ रन बनाए । बिस्फोटक ब्याटिङ गरेका बिन्नीले ११ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।
त्यस अघी सन्जु स्याम्सन २७, कप्तान अजिंक्या रहाणे २६ तथा जोस बट्लर २३ रन बनाएर पेभिलियन फर्किए । पन्जावका रबिचन्द्रन आश्विन, मोहम्मद सामी र अर्श्दीप सिंहले समान २-२ लिए भने मुरुर्गन आश्विनले १ विकेट हात पारे ।
त्यस अघी टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १८२ रन बनाएको थियो । उसका लागि ओपनर के एल राहुलले ५२ रनको महत्वपूर्ण पारी खेले । उनले ४७ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै डेभिड मिलर ४० रन बनाएर आउट भए । उनले २७ बलमा समान २ चौका र छक्का प्रहार गरे ।
२२ बल खेलेका क्रिस गेलले २ चौका र ३ छक्काको मद्दतमा ३० रन बनाउदा मयंक अग्रवाल २६ रन बनाएर आउट भए । कप्तान रबिचन्द्रन अश्विनले बिस्फोटक ब्याटिङ गर्दै केबल ४ बलमा १ चौका र २ छक्काको मद्दतमा नट आउट १७ रन बनाए । राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए भने ईश सोधी,जयदेव उनादकट र धवन कुलकर्णीले समान १-१ विकेट हात पारे । (एजेन्सी)
तपाइँको प्रतिक्रिया