युभेन्टसलाई उसकै मैदानमा हार चखाउदै आयाक्स च्याम्पियन्स लिगको सेमिफाइनलमा

बैशाख ४ – युभेन्टसलाई उसकै मैदानमा हार चखाउदै डच टोली आयाक्स च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा आयाक्सले युभेन्टसलाई उसकै मैदानमा उसकै दर्शक सामु २-१ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनायो । यो सँगै आयाक्सले समग्रमा ३-२ को जित निकालेको छ । यस अघी आयाक्सको घरमा भएको लेग १-१ गोलको बराबरीमा सकिएको थियो ।
पहिलो लेगबाट अवे गोलको फाईदा उठाए पनि युभेन्टसले नतिजा आफ्नो पक्षमा पार्न सकेन । प्री क्वाटरफाइनलमा रियल मड्रिडलाई पराजित गर्दै सनसनी मच्चाएको आयाक्सले त्यही नतिजालाई दोहोर्यायो ।
खेलमा अग्रता भने युभेन्टसले लिएको थियो । २८ अौं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर उसको अग्रता धेरै बेर टिक्न सकेन । खेलको ३४ औं मिनेटमा आयाक्सले बराबरी गर्यो । आयाक्सका भान डेर बिकले गोल गर्दै खेल १-१ मा पुराए ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा आयाक्सले अको गोल गर्यो । ६७ औं मिनेटमा कप्तान माथिस डे लिटले गोल गरेपछी आयाक्स २-१ ले बिजयी भयो । समग्रमा आयाक्स ३-१ ले बिजयी हुँदै सेमिफाइनलमा प्रवेश गएयो ।
तपाइँको प्रतिक्रिया