युनाइटेड बिरुद्द सहज जित निकाल्दै बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा

बैशाख ४ – म्यान्चेस्टर युनाइटेड बिरुद्द सहज जित निकाल्दै बार्सिलोना युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोनाले युनाइटेडलाई ३-० ले पाखा लगायो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सिजनकै एक उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले २ तथा फिलिप कौटिन्होले १ गोल गरे । युनाइटेडले पहिलो मिनेटमा नै गोल गर्ने अवसर खेर फालेको थियो ।
घरेलु मैदान क्याम्पाउमा भएको खेलले बार्सिलोनाले पहिलो हाफमा नै २ गोल गरेको थियो । खेल १६औं मिनेटमा मेस्सीले सुन्दर गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यस अघी बार्सिलोनाले पाएको पेनाल्टी भारले अस्विकृत गरेको थियो । पहिलो गोल गरेको मिनेट नबित्दै बार्सिलोनाले अग्रता दोब्बर बनायो । खेलको २० औं मिनेटमा मेस्सीले फेरी गोल गरेपछी बार्सिलोनाले पहिलो हाफमा नै अग्रता दोब्बर बनायो ।
दोस्रो हाफमा बार्सिलोनाले थप एक गोल गर्यो । पछील्लो समय आफुलाई आलोचना गर्नेहारुलाई फिलिप कौटिन्होले गोल मात्र राम्रो जवाफ दिए । उनले खेलको ६१औं मिनेटमा लङ रेन्जबाट सुन्दर गोल गरे । उक्त गोलको लागि कौटिन्हो माहिर मानिन्छन् । अन्तिम तिर युनाइटेडको प्रहारलाई बार्सिलोनाका गोल रक्षक मार्क आन्द्रे टेर स्टेनले सुन्दर बचाउ गरे पछी बार्सिलोना ३-० ले बिजयी भयो ।
यो सँगै बार्सिलोना समग्रमा ४-० ले बिजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । यस अघी पहिलो लेगमा बार्सिलोन १-० ले बिजयी भएको छ । जारी सिजनको च्याम्पियन्स लिगमा बार्सिलोना एक मात्र अपराजित टिम हो ।
तपाइँको प्रतिक्रिया