च्याम्पियन्स लिग : युभेन्टसलाई बराबरी नै काफी

बैशाख ३ – यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत युभेन्ट्स र आयाक्स बिचको दोस्रो लेगमा आज राति हुँदैछ । इटालियन क्लब युभेन्टसले र नेदरल्यान्डको आयाक्स । बिचको खेल नेपाली समय अनुसार राती १२:४५ बजे युभेन्टसको घरेलु मैदानमा छ ।
यस अघी आयाक्सको मैदानमा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । पहिलो लेगबाट युभेन्ट्सलाई २ अवे गोलको फाईदा रहेको छ । त्यसैले युभेन्ट्सलाई अर्को चरण प्रवेश गर्नका दोस्रो लेगमा बराबरी नै काफी रहेको छ । उता आयाक्सलाई सेमिफाइनल प्रवेशका लागि स्पष्ट जित आवश्यक रहेको छ ।
च्याम्पियन्स लिगमा यस पटक अप्रत्यासित खेल प्रदर्शन गरिरहेको आयाक्स युभेन्ट्सलाई उसकै घरमा स्तब्ध पार्ने दाउमा रहेको छ । प्री क्वाटरफाइनलमा रियल मड्रिडलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको आयाक्स आज त्यही नतिजा दोहोर्याउने दाउमा रहेको छ ।आयाक्सविरुद्धको पछिल्ला १० खेलमा युभेन्टसले हार बेहोरेको छैन । ९ खेलमा युभेन्टसले ५ खेलमा जित निकाल्दा ५ बराबरी खेलको छ ।
तपाइँको प्रतिक्रिया