प्रहरीबाट रिहा भए लगत्तै विप्लवका कार्यकर्ताले गरे पार्टी परित्याग

भोजपुर, बैशाख ३ – प्रहरी हिरासतबाट रिहा भए लगत्तै नेत्रबिक्रम चन्द विप्लव नेतृत्वकाे नेकपामा आबद्ध तीन कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय भोजपुरले जनही छ हजार धरौटी लिएर साधरण तारेखमा रिहा लगत्तै
गएकाे चैत ११ गते जिल्लाको विभिन्न स्थानबाट पक्राउ परेका टेम्केमैयुङ गाउँपालिका-४, नागिका सञ्जय राई, पौवादुङ्मा-३, च्याङ्गेका विकास किराती र साल्पासिलिचाे–१ कुलुङ्गका महेन्द्र तामाङल रिहा भए लगत्तै पार्टी परित्याग गरेका हुन् ।
सञ्जय राई र महेन्द्र तामाङ्ग विप्लव समूहका जिल्ला कमिटि सदस्य हुन् भने विकास राई विद्यार्थी संगठनका अध्यक्ष रहेका थिए । उनीहरुले आफूहरु पार्टीको साधारण सदस्य्समेत नरहने गरी पार्टी परित्याग गरेको प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।


विज्ञप्तिमा विगतका गतिविधि प्रति आत्मसमीक्षा गर्दै आउँदा दिनमा विप्लव समूहमा कुनै किसिमको आबद्धता नरहने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।प्रतिबद्धता विपरीत गतिविधि गरेमा कानुन अनुसारको सजाय भोग्न तयार रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रिया