मिस स्टेट विजयी सुन्दरी खेलाडी राष्ट्रिय खेलमा सहभागी

मिस स्टेट 2018 मा १४ जिल्लाका सहभागीलाई पछि पार्दै एक नम्बर प्रदेशको ताज पहिरिन सफल रमिला बस्नेत ८ औ राष्ट्रिय गेममा सहभागी भएकी छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर २ स्थायी बासिन्दा बस्नेतले ह्यान्डबल खेलमा यसअघि पनि थुप्रैपटक अन्तर्राष्ट्रिय खेलमा सहभागी भै राष्ट्रलाई पदक समेत दिलाउने खेलाडी हु्न् ।
अहिले नेपालगन्जमा यहीँ बैशाख ५ बाट सुरु हुने ८ औ राष्ट्रिय खेलमा समेत राम्रो प्रस्तुति दिने बस्नेतको भनाइ रहेको छ । आज उदयपुरको चौदण्डीगढी नगरपालिकाको सभाहलमा एक कार्यक्रम विच खेलाडी बस्नेत सहितको टोलीलाई चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले खेलाडीलाई बधाई तथा शुभकामना दिएका थिए ।
बस्नेत १४ वर्षकै उमेरमा पाकिस्तान बंगलादेश भारत लगाएतका दर्जनौं अन्तर्राष्ट्रिय खेलमा सहभागी भइसकेकी खेलाडी हुन् । बस्नेत अहिले पत्रकारिता साथै सामाजिक काममा अग्रसर रहदै आएकी छिन् । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा विएस प्रथम वर्षमा अध्यनरत बस्नेत नेपालकै कान्छी खेलाडीका रुपमा समेत स्थापित छिन् ।
तपाइँको प्रतिक्रिया