लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्टको अध्यक्षमा देवकोटा

चितवन , बैशाख ३ – लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्टको अध्यक्षमा लायन सुनिल देवकोटा चयन भएका छन् । क्लबको तेस्रो अधिबेसनले देवकोटालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
क्लबका संस्थापक अध्यक्ष पुरन थापा मगरको संयोजकत्वमा रहेको निर्वाचित समितीले क्लबको प्रथम उपाध्यक्षमा ला. गोबिन्द अर्याल चयन गरेको छ । यस्तै द्दितिय उपाध्यक्षमा ला. गोपाल श्रेष्ठ, त्रितिय उपाध्यक्षमा ला. रामजी पाण्डे चयन भएका छन् । क्लबको कोषाध्यक्षमा ला. तेज बहादुर राना मगर तथा सचिवमा ला. कृष्ण कडेँल गरी ११ सदस्सीय नयाँ कार्यसमिती चयन भएको छ । नयाँ कार्यसमितीको कार्यकाल १ बर्षको रहनेछ ।
क्लबका एक्स्टेन्सन चियर पर्सन कृष्ण भण्डारी प्रमुख अतिथी रहेको कार्यक्रम क्लबका निवर्तान अध्यक्ष जित बहादुर खनालको सभापतित्वमा सम्पन्न भएको हो । यसै बिच चितवन माउन्ट एभरेष्टक लायन्स एण्ड लियो क्लबले संयुक्त रुपमा नव बर्ष २०७६ को क्यालेन्डर पनि सार्वजनिक गरेको छ ।


तपाइँको प्रतिक्रिया