उच्च मनोबलका साथ मैदान उत्रदै बार्सिलोन, बदला लिने दाउमा युनाइटेड

बैशाख ३ – युइएफए च्याम्पियन्स लिगमा आज राती बार्सिलोना र म्यान्चेस्टर युनाइटेड बिच खेल हुँदैछ । च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल दोस्रो लेग आज राती हुन लागेको हो । आजको खेलले इंग्लिस क्लब युनाइटेड र स्पेनिस क्लब बार्सिलोना मध्य सेमिफाइनल जाने एक टोलीको टुङगो लगाउनेछ ।खेल नेपाली समय अनुसार राती १२:४५ बजे बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा हुनेछ ।
यस अघी पहिलो लेगमा बासिलोना बिजयी भएको थियो । युनाइटेडको घरेलु मैदानमा भएको खेल बार्सिलोनाले १-० ले जितेको थियो । उक्त जित बार्सिलोनाको ऐतिहासिक जित हो । बार्सिलोनाले उसकै मैदानमा युनाइटेडलाई पहिलो पटक पराजित गर्दै ईतिहास रचेको हो ।
पहिलो लेग १-० ले जितेको बार्सिलोनालाई अवे गोलको फाईदा रहेको छ । यसर्थ बार्सिलोना आज उच्च मनोबलका साथ मैदान उत्रने तयारीमा रहेको छ । उता म्यान्चेस्टर युनाइटेड बदला दिने दाउमा रहेको छ । युनाइटेड पहिलो लेगमा आफ्नै घरमा भोगेको पराजयको बदला लिदै सेमिफाइनलमा स्थान बनाउने दाउमा रहेको छ । बार्सिलोना सँग अवे गोलको फाईदा भएको कारण युनाइटेडलाई कमब्याकको घरेलु टोलीलाई गोल गर्नबाट रोक्दै स्पष्ट जित आवश्यक रहेको छ । बार्सिलोनाले गोल गरेको खण्डमा युनाइटेड झनै दबाबमा पर्नेछ ।
बार्सिलोनाले आजको खेल कम्तीमा गोल रहित बराबरीमा नै रोके पनि अर्को चरणमा प्रवेश पाउनेछ । आजको खेल १-१ को बराबरीमा सकिएको खण्डमा भने अतिरिक्त समयबाट निर्णय लिईनेछ । यस सिजनको च्याम्पियन्स लिगको एक मात्र अपराजित टोली बार्सिलोनालाई उसकै मैदानमा पराजित गर्नु युनाइटेडको लागि सहज हुनेछैन । तर युनाइटेडका प्रशिक्षक ओले गुनर भने आफुहरु बार्सिलोनालाई हराउन तयार रहेको बताउछन् ।
बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भार्डे आज बलियो लाइन अपका साथ आफ्नो टोलीलाई मैदान उत्रादैछन् । चोटग्रस्त रहेका बार्सिलोनाका खेलाडीहरु आजको खेलका लागि फिट भईसकेका छन् । यसर्थ आज बार्सिलोना झनी बलियो हुने देखिएको छ । युनाइटेड शुरु मै गोल गरेर बार्सिलोना माथि दबाब बनाउने लक्ष्यमा रहेको छ । आजको खेल निर्णायक भएको कारण निकै रोमान्चक हुनेछ ।
तपाइँको प्रतिक्रिया