दिलिप र प्रियंकाको सुनैको गजुर सार्वजनिक (भिडियो)

बैशाख ३ – अभिनेता दिलिप रायमाझी र अभिनेत्री प्रियंका कार्कीको ‘सुनैको गजुर’ सार्वजनिक भएको छ । सदाबहार अभिनेता दिलिप र अहिलेकी चर्चित अभिनेत्री प्रियंका अभिनित ‘सुनैको गजुर’ बोलको गीत सार्वजनिक भएको हो ।
सार्वजनिक गीतमा दिलिप र प्रियंकाको जोडी निकै सुन्दर देखिएको छ । गीतमा चर्चित गायिका मेलिना राई र प्रताप दासको आवाज गरेको छ । दुर्गा खनाल घिमिरेको शब्द रहेको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ ।गीतको भिडियोलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका हुन् । गीतमा गम्भिर बिष्टको कोरियोग्राफी रहेको छ ।
तपाइँको प्रतिक्रिया