हार्दिक पाण्ड्या चम्किदा मुम्बई बिजयी

बैशाख ३ – हार्दिक पाण्ड्या चम्किदा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बेंगलोरलाई पराजित गरेको छ। आइपिएल अन्तर्गत गए राती सम्पन्न खेलमा मुम्बईले बेंगलोरलाई ५ विकेटले पराजित गर्यो ।
बेंगलोरले दिएको १७२ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ५ विकेट गुमाउदै पुरा गर्यो । मुम्बईको जितमा हार्दिक पाण्ड्याले अल राउण्ड प्रदर्शन गरे । बिस्फोटक ब्याटिङ गरेका पाण्ड्याले १६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै अविजित ३७ रन बनाए ।
मुम्बईलाई अन्तिम २ ओभरमा जितका लागि २२ रन आवश्यक रहेको अवस्थामा पाण्ड्याले १९ औं ओभरमा समान २ छक्का र चौका प्रहार गर्दै १ ओभर अघी नै खेल जिताए । त्यस अघी ओपनर क्विन्टन डी कक ४० रन बनाएर आउट भएका थिए । उनले २६ बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै सुर्यकुमार यादव २९, कप्तान रोहित शर्मा २८ तथा इशान किसान २१ रन बनाएर आउट भए । बेंगलोरका युज्भेन्द्र चाहल र र मोएन अलीले समान २-२ विकेट हात पारे । मोहम्मद सिराजले १ विकेट लिए ।
त्यस अघी टस हारेर पहिलो ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १७१ रन बनाएको थियो । उसका लागि एबिडी भिलर्सले ७५ रनको सानदार पारी खेले पनि खेर गयो । उनले ५१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । यस्तै ३२ बल खेलेका मोएन अलीले आक्रमक ब्याटिङ गर्दै १ चौका र ५ छक्काको मद्दतमा ५० रन बनाए । ओपनर पार्थिव पटेलले २८ रन बनाए ।
मुम्बईका लागि लासिथ मालिङगाले ४ विकेट लिए भने हार्दिक पान्ड्या र जोसन बेहरनडोफले समान १-१ विकेट हात पारे । यो हार सँगै बेंगलोरको अघिल्लो चरण प्रवेश सम्भावना लगभग समाप्त भएको छ । अब उसको अंक गणीतिय संभावना मात्र बाँकी रहेको छ ।(एजेन्सी)
तपाइँको प्रतिक्रिया