जस्मिन पेन्ट्सको पुरस्कार नवलपुरका दधिराम न्यौपानेलाई

बैशाख ३ – जस्मिन पेन्ट्स प्रा.लि. भरतपुर,चितवनले आफ्ना ग्राहक बर्गलाई लक्षित गरी लिएर आएको बम्पर उपहार योजना “ थाईल्याण्डको मज्जा जस्मिन पेट्स ले घर रंगाउदा २०७५ “ अन्तर्गत वाशिङ मेसिन जित्नुहुने डण्डा नवलपुरका दधिराम न्यौपानेलाई सोमबार पुरस्कार हस्तान्तरण गरेको छ ।
न्यौपानेले तिर्तिय बम्पर उपहार योजना अन्तर्गतको लक्की ड्र मार्फत सो उपहार प्राप्त गर्नुभएको हो । पुरस्कार हस्तान्तरण जस्मिन पेन्ट्स प्रा .ली. का डाईरेक्टर मधुसुदन अर्यालले गर्नु भएको थियो । उक्त कार्यक्रममा बोल्दै कम्पनिका डाईरेक्टर अर्यालले आगामी दिनमा ग्राहक बर्गलाई लक्षित गरी अझ नयाँ नयाँ तथा आकर्षक एबं प्रभाबकारी उपहार योजना लेराउने बताउनु भयो ।
बि सं २०५१ सालमा स्थापना भएको उक्त कम्पनीले नेपाली बजारमा बिभिन्न साईज तथा कलरमा आफ्ना उत्पदनहरु ग्राहक समक्ष पुर्याउन सफल भएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवार्ड हरु समेत प्राप्त गर्न सफल भएको कम्पनी ग्राहक , डिलर तथा पेन्टर लाई लक्षित गरी बिभिन्न उपहार योजना लेराईसकेको छ । उक्त उपहार योजनाहरुमा स्कुटी ,मोटरसाईकल तथा कार समेत कम्पनी प्रदान गरिसकेको छ ।
तपाइँको प्रतिक्रिया