टिकौली जंगल नजिक वसमा आगलागी, आगो नियन्त्रणमा
बैशाख २, चितवन।टिकौली जङ्गल नजिकै सिंचाइ गेटमा आज राती गुडी रहेको बसमा आगलागी भएको छ ।भरतपुरमा मर्मत गरेर टाँडी तर्फ जाँदै गरेको ना ५ ख ३८६८ नम्बरको बसमा राति पौने ९ बजे रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित सिंचाई गेट नजिक पुग्दा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । बस आगलागी भएर पूर्ण क्षति भएपनि भरतपुर महानगर दमकलबाट आगो नियन्त्रणमा आएको छ । बसमा चालक र सह चालक बाहेक कोही नभएकाले मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।
विद्युत सर्ट भएर आगो लागिएको अनुमान गरिएपनि के कारणले आगो लागेको हो विस्तृत विवरण आउन बांँकी छ ।
तपाइँको प्रतिक्रिया