क्षमताभन्दा बढी कैदीबन्दी हुँदा परासी कारागार व्यवस्थापनमा चुनौती

नवलपरासी, वैशाख २ – पश्चिम नवलपरासीको परासीस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरुको व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । क्षमताभन्दा दोब्बर सङ्ख्यामा कैदीबन्दी हुँदा उनीहरुको सहज बसोबासमा निकै कठिन भएको कारागारका जेलर जगतबहादुर बस्नेतले बताउनुभयो ।
पच्चीस महिला र १५० पुरुष गरी १७५ कैदीबन्दी राख्ने क्षमता भएको सो कारागारमा हाल ३०९ पुरुष, ५८ महिला र चार जना आश्रित बालबालिका गरी कूल ३७१ कैदीबन्दी रहेको कारागारले जनाएको छ । रामग्राम नगरपालिका–११ बचगावास्थित साढे दुई बिगाहा क्षेत्रफलमा कारागार फैलिएको छ । (रासस)
तपाइँको प्रतिक्रिया