नयांँबर्षमा आन्तरिक पर्यटकको ओइरो

सूर्यप्रसाद अधिकारी, बैशाख २, चितवन । चितवनमा नयांँबर्षको आगमनसंँगै आन्तरिक पर्यटकको बाक्लो उपस्थिति छ । यहांँका प्रमुख पर्यटकीय क्षेत्र सौराहा, मेघौली , पटिहानीका सबैजसो होटलहरु आन्तरिक पर्यटकहरुले भरीभराउ छन । बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको संख्या दोब्बरभन्दा बढी रहेको व्यवसायी बताउंँछन । पछिल्ला बर्षहरुमा नेपालीहरुमा घुम्ने, रमाइलो गर्ने संस्किृतको विकाससंँगै जीवनशैलीमा परिवर्तन आएका कारण पनि बर्षेनी आन्तरिक पर्यटकको आगमन बढेको हो । यो समय विदेशी पर्यटकका लागि उपयुक्त समय नभएपनि नयांँबर्ष लागेसंँगै आन्तरिक पर्यटकको चहलपहल भने दिनानुदिन बढेको व्यवसायीको भनाई छ । जसका कारण राप्ती राप्ती नदी किनारका रेष्टुरेण्ट , पब समेत भरीभराउ देखिन्छन ।
सौराहामा रहेको सपना भिलेज एण्ड लजका संचालक ध्रुव गिरी आफ्ना होटलका सबै कोठाहरु भरीभराउ रहेको बताउंँनुहुन्छ । ‘बुकिङ्ग आउने कुम दुइहप्तादेखिनै हो , अहिले सबै रुम प्याक छन,’ उहांँले भन्नुभयो । उहांँका अनुसार पछिल्लो समय नेपालीहरुमा घुम्ने ,रमाइलो गर्ने संस्कृति बढेसंँगै आन्तरिक पर्यटक बढ्ने गरेको हो । नयांँ बर्षहरुमा छुट्टी मनाउन सौराहामा बिशेषगरी उद्योगी व्यवसायी बढी आउने गरेको गिरीले बताउनु भयो । चितवनमा बिशेषगरी काठमाडौ, पोखरा र चितवनका पर्यटकनै बढी रहेको र बाह्य पर्यटक नगन्य मात्रामा रहेका छन ।
सौराहकै अर्को सेभेन स्टार होटल र होटल उडल्याण्डका संचालक माधव दुवाडी उहांँको होटलमा १ महिना अघिदेखिनै आन्तरिक पर्यटकले होटल बुकिङ्ग गर्ने क्रम बढेको बताउंँनुहुन्छ । ‘ सौराहामा प्रत्येक बर्ष २० देखि ३० प्रतिशत ले आन्तरिक पर्यटक आउने क्रम बढेको छ , उहांँले भन्नुभयो, हाम्रो दुइवटै होटलमा समेत अकुपेन्सी शतप्रतिशत छ ’ । होटलका ४८ कोठानै प्याक भएर अन्य होटलहरुमा पर्यटक रिफर गर्नुपरेको समेत उहांँले बताउनुभयो । चितवनमा जल,जंगल पर्यटनमा आधारित पर्यटक भएको हुनाले अधिकांश पर्यटक जीप सफारी, हात्ती सफारी, जंगल वाकिङ्ग , डुंगा शयरका लागि आउने गर्दछन । चितवनको दोस्रो पर्यटकीय क्षेत्रको रुपमा विकसित पटिहानी क्षेत्रमा समेत पर्यटकको आगमन बाक्लो रहेको कसरा रिसोर्टका संचालक सोनाम शेर्पा बताउंँनुहुन्छ । ‘अहिले आन्तरिक पर्यटकको चाप ह्वात्तै बढेको छ, यो क्रम बैशाखको अन्तिमसम्म रहन्छ’उहांँले भन्नुभयो । उहांँका अनुसार यस क्षेत्र निकुञ्ज नजिक रहेकोले यहांँ घडियाल गोही प्रजनन केन्द्र,विभिन्न चराचुरुङ्गीको अवलोकनका साथै राप्तीमा डुंगा शयर गर्ने आन्तरिक पर्यटकहरु बढी आउने गरेका छन ।
पटिहानीकै पुरानो सफारी नारायणीमा पनि आन्तरिक पर्यटक खचाखच रहेको होटलका सञ्चालक राजीवदास श्रेष्ठ बताउनुहुन्छ,। ‘हाम्रो होटलमा टोटल ६५ वटा रुम छन, केही रुम मात्र खाली होलान’ उहांँले भन्नु भयो । उहांँका अनुसार यस क्षेत्र शान्त, रमणीय वातावरण , जंगली जनावर बढी देखिनुका साथै सुर्योदय र सुर्यास्त एकै ठाउंँबाट देखिन सक्ने भएकोले पर्यटकहरु यस क्षेत्रमा बढी आउने गरेका हुन । पश्चिम चितवनको पुरानो पर्यटकीय क्षेत्र मेघौलीका पनि पर्यटकको उपस्थिति बाक्लो रहेको छ । बिशेषगरी स्थानीय परिकार, स्थानीय संस्कृतिका साथै मनोरम प्राकृतिक दृश्य हेर्नका लागि आन्तरिक पर्यटकको घुइचो नै लाग्ने गरेको बाराही होटलका प्रबन्धक चन्द्र महत्तो बताउंँनुहुन्छ । ‘अहिले हामीले आशा गरेभन्दा बढी आन्तरिक पर्यटक आएका छन, र दैनिक बुकिङ्ग गर्ने क्रम पनि बढेको छ’ उहांँले भन्नुभयो । उहांँका अनुसार उक्त होटलमा ७० प्रतिशत आन्तरिक पर्यटक र ३० प्रतिशत बाह्य पर्यटक रहेका छन ।
चितवनका प्रमुख पर्यटकीय क्षेत्र सौराहामा साना ठुला गरी १सय १० भन्दा बढी होटल छन र पटिहानी र मेघौली क्षेत्रहरुमा २ दर्जनभन्दा बढी ठुला पर्यटकीयस्तरका होटल तथा रिसोर्ट संचालनमा छन ।


तपाइँको प्रतिक्रिया