छितामाईको व्यवस्थापन: हल्ला मात्रै बढी, काम कम

अपिल घिमिरे,बैशाख १,चितवन। कुनै बेला चितवन जिल्ला भित्रको मुख्य पर्यटकीय क्षेत्रको रूपमा चर्चित भरतपुर महानगरपालिका वार्ड नम्बर १३ मा रहेको छितामाई अहिले जीर्ण बन्दै गएको छ , यस क्षेत्रको उचित संरक्षण नहुंँदा ओझेलमा पर्दै गएको छ । विगतमा धार्मिक र पर्यटकीय महत्व बोकेको केही विकासे हल्ला गर्नेहरुको मागी खाने भांँडो मात्र भएको छ । जसले गर्दा यो मन्दिर परिवर्तनको पर्खाइको बाटो कुरेर बसेको सजिलै देखिन्छ ।
छितामाई, नकटामाई , मुकुन्दमाइ, बिक्रम बाबा थारू आदिवासीहरुका आफ्ना देव देवी हरू हुन ।छितामाई को पूजा गरिसके पछि मात्र बिक्रम बाबाको पूजा गरिने उनिहरूको पहिलेदेखिकै संस्कार हो ।आफ्ना गुरौ द्वारा छितामाईलाई पञ्वली चढाएर पूजा गर्ने गरिन्छ ।उनिहरूको देवालयमा छाना निर्माण गरिएको हुदैन ।जहाँ हामी छितामाइको मन्दिर देख्छौ खासमा त्यहाँ मन्दिर नभै शिला मात्र थियो।त्यही नै थारू जातीले पूजा गर्दथे।थारू जातीका पछिल्ला पुस्तामा आइपुग्दा बिस्तारै पूजा संस्कार मा कमि हुन थाल्यो। पहाडबाट बसाई सराइ गरि आएका पहाडीया हरूको बाक्लो बसाइँ संगै बिस्तारै पहाडीया र आदिवासीको साझा स्थलोको रूपमा पूजा हुदै आयो । जुन शिला पूजा गरिदै आएको थियो त्यो खेल खेल्ने साधनको रूपमा परिणत भइ त्यसैलाई भाँच्ने काम समेत गरियो।त्यही शिला लाई भित्र पर्ने गरि सितामाइ नाम ले मन्दिर निर्माण गरि पूजा गर्न थालियो।
यो क्षेत्र लाई विकास र व्यवस्थित गर्न २०४९ सालमा काम सुरू गरिएको थियो । मध्यवर्ती व्यवस्थापन सहयोग परियोजना पिपुल एण्ड पार्कमार्फत बाट प्राप्त ७५ हजार रुपैयांँको सहयोग बाट पुल निर्माण कार्य थालनी गरे पनि रकमको सदुपयोग नभै कार्य अधुरै रह्यो।
सितामाइ देवालय स्थल समिति गठन गरि व्यापक प्रचार प्रसार गर्ने र यसलाई धार्मिक गन्तव्य बनाउन साविक वाड न ७ का वडा सदस्य नारायणी दवाडीको सकृय पहल रह्यो।
करिब २०५२ सालमा पण्डित कमल नयन भण्डारी प्रमुख बाचक रहेर धन धान्य चलन यज्ञ पनि आयोजना गरियो।यसले सितामाइ क्षेत्र भनेर चिनाउन ठूलै मद्दत गर्यो।तर सहि सदुपयोग मा भने स्थानीय संबेदनशील बन्न सकेनन।
योगि नरहरी नाथ द्वारा संचालित कोटीहोम ले साच्चै पटिहानीको सितामाइ क्षेत्र लाई राष्ट्रिय चर्चामा पुर्यायो।
स्थानीय शोभाखर घिमिरेले आफ्नो घर नै छाडेर सितामाइ क्षेत्र भित्र फलफूल, रुद्राक्ष लगायत सयौ बिरूवा हरू हुर्काउने र देवालय निर्माण गर्ने काम गरे।निरन्तर पन्ध्र वर्ष सम्म को घिमिरेको योगदान अतुलनीय रह्यो।
सामुदायलाइ वन हस्तान्तरण गरे संगै यो क्षेत्र को संरक्षण बेलशहर मध्यवर्ती सामुदायिक वन ले लियो।
तीन पटक सम्म शिवरात्री मेला समेत आयोजना गरिएको र दुई पटक यसै ठाउँमा खिचरा महोत्सव गरिएको साथै गोर्खा बाट ल्याएको फूलपाती भित्र्याइएको छ।
सितामाइ नभै यसको असली नाम छितामाई हो भनि अहिले क्षितमाइ को रूपमा परिचित गराउादै आएकोछ ।
तर जति यसको व्यबस्थापन हुन पर्ने सो पक्षमा भने कोहि पनि गम्भीर देकिएका छैनन ।त्यहाँ निर्माण गरिएका मन्दिर हरू दयनीय अवस्थामा पुगेका छन।श्रदालु भक्तजन लाई नियमित पानीको सुबिधा छैन ।मन्दिर भित्र कयौन दिन देखि जम्मा भएका फोहोर हरूछन।शिवरात्री पूजा मा भएको फोहर जताततै छ।पर्यटक लाई फोहोर फ्याँक्ने डस्टबिन कतै देखिदैन । चितवन पर्यटन विकास समितिका निवर्तमान महासचिव बिश्व सूवेदी भन्नुहुन्छ …मन दुख्ने गरि नै छितामाई क्षेत्र को संरचनाहरू विग्रिएका छन।
स्थानीय हरूको लापरवाही ले पनि संरक्षण गर्न अप्ठेरो भएको बेलशहर मध्यबर्ती सामुदायिक वन का अध्यक्ष चेत बाहादुर रानाभाट ले बताउनुहुन्छ ।संरचना निर्माण गर्न र बनेका धरोहरलाइ जोगाउन र व्यवस्थित गरि परापर्यटनको विकास गर्न सके छितामाई प्रशस्त पर्यटकीय क्षेत्रको सम्भावना रहेको ठाँउ हो।तर जति गर्न पर्ने त्यो भएको देखिदैन ।केही खास स्वार्थ मा मात्र रम्ने हो भने यस क्षेत्रलाई नाम मा पढ्न मात्र आनन्द आउला होइन भने समग्र क्षेत्र कै नकारात्मक सन्देश बढिरहन सक्छ ।महानगर, स्थानीय निकाय र सम्बन्धित संघ संस्था राजनीतिक अगुवा सबैले बेलैमा सोच्न आवश्यक छ ।
समय समयमा हुने आगजनी र तोडफोड ले बनेको संरचना ध्वस्त भएका छन भने कन्क्रिटका टावर झारा टारेर बनाइएको हुंँदा ढल्ने अवस्थामा पुगेको छ ।
कसरी निगरानी गर्ने र अगाडि कसरी बढ्दै जाने बारे सबै संग छलफल गर्न जरुरी छ ।भएको नजगाउने र नया खोज्दै हिडे गन्तव्य मा पुग्न नसकिएला।
तपाइँको प्रतिक्रिया