आइपिएलमा बंगलोरको पहिलो जित

बैशाख १ – कप्तान बिराट कोहली र एवी डी भिलियर्सको उत्कृष्ट प्रदर्शन मद्दतमा रोयल च्यालेनजर्स बंगलोरले इन्डियन प्रिमियर लिग(आईपीएल) मा पहिलो जित हात पारेको छ । आइपिएल अन्तर्गत गए राती सम्पन खेलमा किंग्स इलाभेन पन्जावलाई ८ विकेटले पराजित गर्दै बेंगलोरले पहिलो जित हात पारेको हो । यो सँगै बेंगलोर सातौ खेलमा पहिलो जित निकालेको छ ।
पन्जावले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य पछ्पाएको बेंगालेरले ४ बल अगाडीनै २ विकेटको क्षतिमा पुरा गर्यो । बेंगलोरको जितमा नायक बनेका एवी डी भिलियर्स ३८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै रनमा ५९ अविजित रहे । मार्कस स्टोइनिसले १६ बलमा ४ चौका सहित २८ रन जोडे ।
ओपनर तथा कप्तान विराट कोहलीले ५३ बलमा ८ चौका प्रहार गर्दै ६७ रनमा आउट भए । ओपनर पार्थिव पटेल ९ बलमा ४ चौका प्रहार गर्दै १९ रनमा पेभिलिएन फर्किए ।पन्जावका लागि मोहम्मद सामी र रविचन्द्र आश्विनले समान १-१ विकेट लिए ।
त्यस अघि घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो ।पन्जावलाई बलियो अवस्थामा पुर्याउन सानदार ब्याटिङ गरेका ओपनर क्रिस गेल शतक बनाउन १ रनले चुके । नटआउट रहेका गेलले ६४ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै ९९ रन बनाए ।
ओपनर केएल राहुल १५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १८ रन बनाएर आउट भए । मयंक अग्रवाल र सरफराज खान समान १५ रनमा आउट भए भने मन्दीप सिंह १८ रनमा अविजित रहे । बेंगलोरका लागि युजवेन्द्र चाहलले २,मोईन अली र मोहम्मद सिराजले समान १ विकेट लिए । (एजेन्सी)
तपाइँको प्रतिक्रिया